Posted by: mampaka May 25, 2006
Deuba (Royal Agent forever)
Login in to Rate this Post:     0       ?        
देउवाको कुरा सुनेर माओवादी असन्तुष्ट बिहिबार, २५ मे २००६ सातदलका शीर्ष नेताहरुसँग ११ जेठमा गरेको भेटघाटका क्रममा माओवादी वार्ता टोली नेकां प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवाको कुरा सुनेर असन्तुष्ट बनेको छ। कृष्णबहादुर महराको नेतृत्वको टोलीले देउवा, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे र नेपाल सद्‌भावना पार्टीका उपाध्यक्ष भरतविमल यादवसँग छुट्टा-छुट्टै भेट गरेको थियो। राजा त्यसै (अधिकारविहिन भएर) बस्न तयार छन् भने किन फाल्नु पर्‍यो भन्ने देउवाको धारणाले माओवादी असन्तुष्ट बनेको हो। राजा राख्ने गरी सशर्त संविधानसभाको चुनाव गर्ने देउवाको आशय रहेको महराले बताउनु भयो। “हामीले आफूहरु संविधानसभाप्रति प्रतिवद्ध भएर आएको बताउँदै उहाँहरुलाई पनि त्यसप्रति प्रतिवद्ध हुन आग्रह गर्‍यौं,” महराले टेलिफोनमा भन्नुभयो। देउवाको साथमा महामन्त्री विमलेन्द्र निधि, यादवसँग महामन्त्रीद्धय हृदयेश त्रिपाठी र राजेन्द्र महतो तथा बिजुक्छेसँग उहाँको पार्टीका २ सदस्यहरु हुनुहुन्थ्यो। नेमकिपाले माओवादीसँगको वार्तामा हतियार व्यवस्थापन लगायतका विषयमा कुराकानी भएको जनाएको छ। source: www.himalkhabar.com
Read Full Discussion Thread for this article