Posted by: ImI May 23, 2006
Mentality of nepalese
Login in to Rate this Post:     0       ?        
०६३ जेठ ९, मंगलबार भर्खरै बुटवलबाट एक पत्रकारले मलाई जानकारी दिएअनुसार त्यहाँको स्थिति निकै तनावग्रस्त रहेको छ। एम्बुलेन्स, गाडी तोडफोड भइरहेको छ। (राति ८३०) मोटरसाइकल र माइक्रोको ठक्करबाट घाइते भएका एक बिरामीको उपचार हुँदाहुँदै लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएपछि तनाव भएको रहेछ। भीडले बुटवल बजारमा तोडफोड गर्नुका साथै उपचारमा संलग्न डा कृष्ण गिरीलाई कुटपिट गरी मरणासन्न बनाइदिएछन्। भीडले एउटा एम्बुलेन्स जलाइदिएका छन्। त्यसैगरी बुटवल बजारमा रहेका सबै मेडिकलका साइनबोर्डहरु पनि ध्वस्त पारिएको छ। यसका कारण अहिले बजार तनावग्रस्त छ। भीडलाई नियन्त्रण गर्न केही राउण्ड टियरग्यास प्रहार गरे पनि तनाव घट्नुको साटो बढेको पत्रकार चन्द्रकान्त खनालले जनाएका छन्। डाक्टरको अवस्था चिन्ताजनक रहेको बताइएको छ। केही पत्रकार पनि घाइते भएका रहेछन्। उपचारका लागि लगिएका बिरामीको कुन अवस्थामा मृत्यु भयो, उनको उपचारका क्रममा चिकित्सकको गल्ती थियो कि थिएन, केही थाहा हुन सकेको छैन। भीड एक्कासी किन उत्तेजित भयो ? भीडमा पीडितहरुमात्र थिए कि अरु पनि ? यस्ता सयौं प्रश्न अहिले अनुत्तरित नै रहेको छ। This is what i have to say :i don't want to stress my point again but those people who think secularism is not going to invite any violence. think Again.
Read Full Discussion Thread for this article