Posted by: rhishi May 23, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
धन्यवाद नेपाली ठिटोज्यू अनि सम्सत पाठकहरुलाई पनि धेरै धेरै धन्यवाद । वास्तवमा नेपाली ठिटोज्यूले भन्नु भा जस्तै हालका दिनहरुमा मेरो कलम अलि-अलि गतिशील भएको चैं हो । केहि हदसम्म जनआन्दोलन २०६३ र तेसपछिका परिवर्तनहरुको असर ममा पनि परेको छ नै । हालसालै म दर्वारको गृहपृष्ठ भित्र छिरेको थिंए र यसक्रममा मैले हाम्रा धुन्धकारी युवराजको प्रोफाइल हेर्ने शौभाग्य पनि पाएँ जहाँ वहाँको शौख कविता लेख्ने रैछ ।विडम्बना नै भन्नु पर्‍यो वहाँद्वारा सृजित कुनै पनि कविता मैले हाल सम्म पढ्ने शौभाग्य नपाएको हुँदा, वहाँका निम्ति मैले एउटा गीत (जुन राम थापा वा कुमार बस्नेतजीको लयमा गुन्गुनाउन सकिन्छ ) लेखिदिएको छु ।साझावासी हरुका निम्ति सो गीत ह्याँ टाँस्ने जमर्को गरेको छु ॥ पारश शाहको गीत ॥ ए बा मलाई, डिस्को जान देऊ खैरो-खैरो खैरो-खैरो चिनी खान देऊ ए बा मलाई, डिस्को जान देऊ !! प्रजासँग डराउने भे राजा किन भाको ? यस्तै दुर्दिन्‌ भोग्न हो र तेत्रो काण्ड मचाको ? बुझ्दिन म बुझ्दिन म लोक्, शोक् तन्त्र बन्दूक गोली देऊ, मलाई देऊ ए बा मलाई ए बा मलाई डिस्को जान देऊ !! कालो चस्मा लाँउछु म कालै पदार्थ खान्छु । भन्या तिम्ले नमानेमा तिम्लाई गोली हान्छु !! घाँस खाने घाँस खाने बाघ हैन नर-भक्षी हुन देऊ । ए बा मलाई ए बा मलाई डिस्को जान देऊ !!
Read Full Discussion Thread for this article