Posted by: lifeisgoodcha May 21, 2006
This is what so called DEMOCRACY MEAN?
Login in to Rate this Post:     0       ?        
आन्दोलन दवाउने ओली पुरस्कृत जनआन्दोलन दमन गर्न प्रत्यक्ष निर्देशन दिने सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वासुदेव ओलीलाई पुरस्कृत गरेर महानिरीक्षक बनाएकोमा प्रहरी संगठनभित्रै ब्यापक असन्तुष्टि फैलिएको छ । सरकारले महानिरीक्षक शहवीर थापालाई आन्दोलन दमन गरेकोमा निलम्बन गरी ओलीलाई उक्त पदमा निमित्त बनाएको थियो । ओलीले आन्दोलन अवधिमा अपरेशन विभागको प्रमुख भएर दमन गर्न प्रत्यक्ष आदेश दिएको मातहतका अधिकृतहरुले बताएका छन् । ओलीलेे नेतृत्व गरेको अपरेशन विभागनै आन्दोलको दमनमा जिम्मेवार हुन्छ । त्यही विभागले आन्दोलनमा गोली हान्न आदेश दिएको थियो । गोली हानेको आरोपमा सशस्त्रका एसएसपी माधब थापा र दर्ुजकुमार र्राईलाई पनि सरकारले निलंवन गरेको छ । निमित्त महानिरीक्षक ओलीले आन्दोलन अवधिमा आफूले अपरेशन विभागको नेतृत्व गरे पनि जनआन्दोलन दमन गर्न खटिएका अधिकृतहरुको नेतृत्व नगरेकेा दावी गरे । 'आन्दोलन अवधिमा न मैले गोली हान्न आदेश दिएँ, न म फौज परिचालनमा संलग्न भएँ,' उनले भने । गृहमन्त्री कृष्ण सिटौलाको पारिवारिक नाताका आधारमा ओलीलाई निमित्त बनाइएको प्रहरी बलभित्रै बाट आरोप लागेको छ । स्रोतका अनुसार ओली सिटौलाका मामाका छोरा हुन् । तर ओलीले गृहमन्त्रीसँग नाता भएको कुरा अस्वीकार गरे । आन्दोलन अवधिमा गृह मन्त्रालयको कन्ट्रल कक्षमा गृहमन्त्री कमल थापा तथा दुवै प्रहरी, सेना र राष्ट्रिय अनुसन्धानका प्रमुख बसेर आन्दोलन दवाउन निर्देशन दिएका थिए । उपत्यका पृतनाका मेजर जनरल दीपकबिक्रम राणा, सशस्त्रका डिआइजी दीलिप श्रेष्ठ र उपत्यकाका डिआइजीले आन्दोलन दवाउन आदेश दिनेमा थिए । Source: http://www.canevision.net/
Read Full Discussion Thread for this article