Posted by: nepesahila May 20, 2006
new problem=SECULAR
Login in to Rate this Post:     0       ?        
"हिन्दुराष्ट्र" भनेर घोषणा गरेको भए पनि त्यस्ले कानुनी रुपमा के नै अरु धर्म माथी थिचोमिचो गरेको थियो र? त्यो त सिर्फ एउटा सिम्बोलिक रुपमा मात्र त थियो। सबभन्दा ठुलो टाउको दुखाइ राजा हिन्दु भएकोले भएको थियो गैर हिन्दुहरुलाइ, राजा कमजोर बनाए पछि त कुरै सकिएको थियो नी। ५-१० बर्षमै यस्को नतिजा निस्किने छ। अब धर्मको नाम बाट पनि मान्छेहरु संगठित हुन थाल्छन् र हुल्याहाहरुको जमातलाइ झगडा गर्ने नया निहु मिल्छ। '८०% हिन्दु' भनेर त जनगणनामा भनेकै छ नी। पहिले देखिनै नाम मात्रको हिन्दुराष्ट्र त थियो। अब हिन्दुहरु पनि झन कट्टर भएर निस्किन्छन्। शिवसेना नेपाल उसै त कामै नपाइ लाठो लिएर घुम्ने गर्छन्, अब कस्को टाउकोमा बजार्ने हुन्, रिसले।
Read Full Discussion Thread for this article