Posted by: Jawala May 19, 2006
Nepe and Ashu
Login in to Rate this Post:     0       ?        
संवैधानिक गल्तीहरू डा. मथुराप्रसाद श्रेष्ठ त्यो परिवर्तन २०४६ सालको आन्दोलन ऐतिहासिक र अभूतपूर्व थियो । त्योभन्दा अघि पनि धेरै आन्दोलन भए तर त्यति व्यापक जनसहभागिता थिएन । त्यो आन्दोलनपछि विभिन्न रोडम्यापबीच द्वन्द्व भयो । जनता पनि अन्तरिम सरकार बनिसकेको र संविधान आयोगको गठन पनि भइसकेको हुनाले ढुक्क देखिए । सुरुमा राजा आफैंले संविधान आयोग बनाए । त्यसलाई दलहरूले पनि स्वीकृति दिएकै हुन् । तर जनताले त्यसलाई अस्वीकार गर्दै अन्तरिम सरकार र दलहरूलाई घेराउ गरे । त्यसपछि संविधान निर्माण गर्न नयाँ आयोग बनेको हो । यति धेरै संघर्ष गरेर बनेको संविधान आयोगले अब भने ठीक गर्छ भनेर उनीहरू आश्वस्त भए । अहिलेको जस्तो निरन्तर सजग भएर जनताले दबाव दिइरहनुपर्छ भन्ने महसुस त्यो बेला भएको थिएन । त्यसै कारण केही आधारभूत गल्ती हुन पुगे । अन्तरिम सरकारको पहिलो बैठकमा नै मैले अन्तरिम संविधान बनाएर संविधानसभामा जाऔं भन्ने प्रस्ताव गर्दा कसैले पनि आवश्यक ठानेनन् । म अल्पमतमा परें । अन्तरिम सरकार कार्यकारी, व्यवस्थापकीय र न्यायपालिकासम्बन्धी तीनै अधिकार सम्पन्न शक्तिशाली भएकाले यसले गरे हुन्छ भन्ने विश्वास भयो । त्यसैले बढ्ता जोड दिनसक्ने स्थिति भएन । त्यसैमा बढ्ता जोड दिनुको अर्थ जनतामा गएर यस्तो हुनपर्नेमा यस्तो भयो भन्नुपर्ने हुन्थ्यो । वास्तवमा त्यो जनतामा गएर नभन्नु मेरो कमजोरी भयो । त्यसनिम्ति अहिले म आत्मालोचना गर्न चाहन्छु । अर्को चर्चित घटना भयो त्यो बेला । एउटा नक्कली संविधान जारी हुने भएपछि बाध्य भएर सडकमा जानुपर्‍यो । सरकारको मन्त्री भएर सरकारकै विरोधमा सडकमा गएको भनेर ममाथि धेरै ठूलो दाग पनि लाग्यो । तर जनताको पक्षमा म सडकमा गएको हुनाले त्यो दाग बोक्ने निर्णय गरें । भाग्यवश जनताले पनि साथ दिएका कारण त्यो संविधानको षड्यन्त्र समाप्त भयो । More : - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=74022
Read Full Discussion Thread for this article