Posted by: rhishi May 19, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
बिर्खे ज्यू, नेपाली टेक्सान ज्यू ॥ धेरै धेरै साधुवाद हजुर हरुलाई कविता पढिदिनुभएकोमा । बिर्खेज्यु म त बामे सर्ने प्रयासमा छु , लेख्ने प्रयासमा मात्र छु । टेक्सान ज्यू म हजुरले भन्या जस्तो टियर कवि काँबाट हुनु, भर्खर तोते-तोते बोल्न सिक्दैछु । नया कविता यो चैं शास्त्रिय छन्दमा छैन, लोक छन्दमा लेखेको छु, तल पस्केको छु । यसलाई साफी त फेरी पनि गर्नु पर्छ होला, हाललाई टासिंहालम न भनेर । २०६४ ज्येष्ठ चार् गते दुई-हजार् ‌त्रिसठ्ठी साल्‌ ज्येष्‍ठ चार्‌ गते सिंह-दर्वार् ‌हल्‌ भित्र जन्‌-प्रतिनिधी गाथे अस्सी काटे पनि युवा हाम्रा प्रधान्‌ ‌मन्त्री जरै देखि उखेलेर फाले हुकुम्‌ तन्त्री ॥ सिद्यो अब जाहानी शासन सत्तामा भो जन्ताको आसन तीन - सतक्‌ सम्म ता पोसेर फाले जुको जन्ताले घोचेर ॥ जात – धर्म, छुवा – छुत कुरिती ती हटे नेपाली ती अब सारा विकाशमा डटे श्रम रोपे पहरामा सिंचे पसिनाले उन्नतिको मूल फुट्छ भन्छन् ‌हिमालले ॥ सवै जुटौं गणतन्त्र निम्ति चुनावमा संबिधान्‌ -शभाको भाग्य आफ्नो आफैंले लेख्‍न त सम-हक्‌ छ यो देश्‌मा सवैको नया नेपाल् ‌बनाउनु छ यस् ‌निम्ति उठ जागा हर्दम् ‌बस्नु पर्छ नेपाली हो उठ सुत्यौं भने हामीहरु नेता बन्छन्‌ गिद्ध सत्ता लुछ्‌न सुरु गर्नन् ‌सामन्त ता सिद्ध ॥ जागि राख नेपाली अब ता नेपालको सुरक्षा खातिर ॥ हाते-मालो गरेर अव ता अघि बढौं देश्‌ यो सजाउन ॥ अस्तु
Read Full Discussion Thread for this article