Posted by: lonely1 May 18, 2006
Army response to changes
Login in to Rate this Post:     0       ?        
Contd.: खतरैखतरा त्यो बेला एक जना राणा थरका बि्रगेडियर जनरल थिए । मैले उनको नाम बिर्सें । तर उनी साह्रै दक्ष थिए । उनले प्रजातन्त्रको लागि ज्यादै ठूलो योगदान गरे । मैले उनलाई भेटेर भनें म अहिले धन्यवाद दिन चाहन्छु । एउटा अर्को कुरा अहिलेसम्म मैले गोप्य राखेको थिएँ । तर म अहिले भन्छु । शाही नेपाली सेनाले एकपटक अप्ठ्यारो पार्‍यो । मन्त्रिपरिषद्को बैठक बसिरहेको बेला त्यो बेलाका प्रधानसेनापति सत्चितशमशेर राणा २२ जना बि्रगेडियर जनरलभन्दा माथिको तह अधिकृत लिएर ग्वारग्वार्ती आए । हामीले थाहा पायौं अब सैनिक 'कु' हुने सम्भावना छ । त्यो बेला भट्टराईले ठट्टा गर्दै हामीसँग भने, 'धन्दा नमान, मैले सुन्दरीजल सफा गर्न पठाइसकेको छु ।' सुन्दरीजल बस्ने इच्छा कहाँ हो र ? मर्न पनि तयार भएको मान्छे हौं । तर अहिले यो समस्या समाधान गर्नुपर्छ भन्ने हामीलाई थियो । भट्टराईले त्यसलाई बडो रोचक किसिमले सामना गरे । जर्नेलहरूले सार्वभौमसत्ता राजामा हुनुपर्ने र सैनिकसम्बन्धी हामीले गरेको व्यवस्थाभन्दा भिन्न हुनुपर्ने माग राखे । सबै कुरा सुनिसकेपछि भट्टराईले बिस्तारै टाउको उठाएर भने, 'राजाको त टाउको दुखेन भने तपाईंहरू किन टाउको दुखाउनुहुन्छ ?' त्यसपछि उनीहरू नाजवाफ भएर फर्के । तर हामीहरूसँग छुटेकै रात सबै अधिकृतलाई बोलाएर जर्नेलहरूले छलफल गरे । मैले प्रधानमन्त्रीलाई यो कुरा गर्दा डराउनुपर्दैन भन्ने जवाफ पाएँ । तर मेरो चित्त बुझेन । परिवार नियोजन संघकी त्यो बेलाकी अध्यक्ष कमल शाहको यसमा ठूलो योगदान रह्यो । म स्वास्थ्यमन्त्री भएकाले कांग्रेस र कम्युनिस्टले उनलाई हटाउन मलाई दबाब दिए । चुनाव जितेर आएको मान्छेलाई हटाएर पञ्चायती मन्त्रीले जस्तो गर्दिन भनें । मन्त्रीको काम अध्यक्ष परिवर्तन गर्ने होइन त्यसमा चुनाव गर्नुपर्छ भने । उनी मप्रति सकारात्मक भएकाले एउटा गोप्य ठाउँमा भेटें । उनका दाइ नीरशमशेर फिल्ड मार्सल थिए । कमान्डरलाई जित्न सक्ने फिल्डमार्सल हुन्छन् । सैनिकभित्र पार्टीहरूको पनि एउटा सेल रहेछ । त्यसको पनि सहयोग लिनुपर्ला भनी मैले मदन भण्डारीसँग भन्दा यो गोप्य कुरा तपाईंलाई कसले भन्यो भने । मलाई त्यो सेलको सञ्चालन उनैले गर्छन् भन्ने थाहा थियो । यो संकटमा सहयोग गर्नुपर्ने बेला आयो भनेपछि उनले पनि आफ्नो तरिकाले गर्छु भने । देखिने भूमिका नीरशमशेरले खेले । सेनाका बहुमत सदस्यले प्रजातन्त्रलाई समर्थन गर्छौं भन्ने सहमति भयो । साढे दुई २ राति कमल शाहले फोन गरेर यसबारे जानकारी दिइन् र भनिन्, 'तपाईं कति दिनदेखि सुत्नुभएको छैन भन्ने मलाई थाहा छ, आराम गर्नोस् ।' हाम्रो संविधानमा त्यतिबेला अनुभव नभएकाले मानव अधिकार संरक्षण मञ्चको स्रोत प्रयोग गरेर चारजना अन्तर्राष्ट्रिय संविधानविज्ञलाई झिकाएको थिएँ । उनीहरूले तयार पारेको अन्तरिम संविधानमा सहमति नभएपछि उनीहरू बसेनन् । अहिलेको जमानामा संविधानमा केही निश्चित कुरा अपरिवर्तनीय भनेर आउनु दुर्भाग्यपूर्ण हो । नेपाल गौतम बुद्धको देश हो । उनको अनित्यको सिद्धान्तले कुनै पनि कुरालाई अपरिवर्तनीय मान्दैन । मैले प्रस्तावनाको भावनामा 'हाललाई अपरिवर्तनीय' भन्नुपर्छ भनेको हो । त्यो पास पनि भएको हो । तर त्यसमा धारा ११६ झुन्ड्याउँदा समस्या भयो । त्यो किन आयो अहिलेसम्म थाहा छैन । प्रस्तावनामा जनता सार्वभौमसत्ता सम्पन्न र राज्यशक्तिको स्रोत हो भनेर राखेको हो । त्यसैमा बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र पनि आयो । त्यो किन आयो भविष्यका अनुसन्धानकर्ताले पत्ता लगाउलान् । त्यो वैज्ञानिक नियम र अनित्यको सिद्धान्त विपरीत भयो । २०४७ को संविधान अहिले सान्दर्भिक भएन । त्यो ठूलो विडम्बना भयो । अहिले धेरैले २०४७ सालको अन्तरिम सरकारले धेरै राम्रो काम गर्‍यो भन्छन् । त्यो होइन, त्यो सरकारले धेरै राम्रो काम गर्न सक्थ्यो तर गरेन । गिरिजाप्रसाद कोइरालाले पछि भनेजस्तै त्यसले धेरै फोहोर थुपार्ने काम गर्‍यो । म त्यो मान्छु । त्यो राजनीतिक गल्तीको सुरुआत अन्तरिम सरकारबाटै भएको कुरा म पूरा जिम्मेवारी र आत्मआलोचनासाथ भन्न चाहन्छु ।
Read Full Discussion Thread for this article