Posted by: lonely1 May 18, 2006
Army response to changes
Login in to Rate this Post:     0       ?        
Has anybody got any hints on the Army's response to the changes--the Proclamation Document ratified by the Parliament today? The past as well as recent events certainly tell us that the security forces--especially the top brass, i.e. the generals, who are exclusively Rana and Shaha or connected to them by blood/marriage--would not digest it easily. The following article pasted below from today's Kantipur is truly eye-opening. One of the best reads. (Also please post other resources on the topic) संवैधानिक गल्तीहरू डा. मथुराप्रसाद श्रेष्ठ त्यो परिवर्तन २०४६ सालको आन्दोलन ऐतिहासिक र अभूतपूर्व थियो । त्योभन्दा अघि पनि धेरै आन्दोलन भए तर त्यति व्यापक जनसहभागिता थिएन । त्यो आन्दोलनपछि विभिन्न रोडम्यापबीच द्वन्द्व भयो । जनता पनि अन्तरिम सरकार बनिसकेको र संविधान आयोगको गठन पनि भइसकेको हुनाले ढुक्क देखिए । सुरुमा राजा आफैंले संविधान आयोग बनाए । त्यसलाई दलहरूले पनि स्वीकृति दिएकै हुन् । तर जनताले त्यसलाई अस्वीकार गर्दै अन्तरिम सरकार र दलहरूलाई घेराउ गरे । त्यसपछि संविधान निर्माण गर्न नयाँ आयोग बनेको हो । यति धेरै संघर्ष गरेर बनेको संविधान आयोगले अब भने ठीक गर्छ भनेर उनीहरू आश्वस्त भए । अहिलेको जस्तो निरन्तर सजग भएर जनताले दबाव दिइरहनुपर्छ भन्ने महसुस त्यो बेला भएको थिएन । त्यसै कारण केही आधारभूत गल्ती हुन पुगे । अन्तरिम सरकारको पहिलो बैठकमा नै मैले अन्तरिम संविधान बनाएर संविधानसभामा जाऔं भन्ने प्रस्ताव गर्दा कसैले पनि आवश्यक ठानेनन् । म अल्पमतमा परें । अन्तरिम सरकार कार्यकारी, व्यवस्थापकीय र न्यायपालिकासम्बन्धी तीनै अधिकार सम्पन्न शक्तिशाली भएकाले यसले गरे हुन्छ भन्ने विश्वास भयो । त्यसैले बढ्ता जोड दिनसक्ने स्थिति भएन । त्यसैमा बढ्ता जोड दिनुको अर्थ जनतामा गएर यस्तो हुनपर्नेमा यस्तो भयो भन्नुपर्ने हुन्थ्यो । वास्तवमा त्यो जनतामा गएर नभन्नु मेरो कमजोरी भयो । त्यसनिम्ति अहिले म आत्मालोचना गर्न चाहन्छु । अर्को चर्चित घटना भयो त्यो बेला । एउटा नक्कली संविधान जारी हुने भएपछि बाध्य भएर सडकमा जानुपर्‍यो । सरकारको मन्त्री भएर सरकारकै विरोधमा सडकमा गएको भनेर ममाथि धेरै ठूलो दाग पनि लाग्यो । तर जनताको पक्षमा म सडकमा गएको हुनाले त्यो दाग बोक्ने निर्णय गरें । भाग्यवश जनताले पनि साथ दिएका कारण त्यो संविधानको षड्यन्त्र समाप्त भयो । अर्को एउटा षड्यन्त्र पनि भयो । २०४७ वैशाख ६ गते जनताले रिस पोखिदिँदा १० जना प्रहरी मारिए । त्यसबाट पुलिस आक्रोशित भए । उनीहरूले यसै निहुँमा 'कु' गर्ने सम्भावना थियो । यो मलाई कसरी थाहा भयो भने उनीहरूले सिंहदरबारबाहिर मेरो मोटर रोकेर झन्डा थुते । उनीहरूले मलाई गाडीबाट बाहिर निकालेर दुव्र्यवहार गर्न खोजे । मलाई बाहिर निकालेर गोली नै ठोक्ने योजना थियो उनीहरूको । तर म बाहिर निस्कँदै निस्किनँ । त्यही नजिकै नेपाल विद्यार्थी संघ र अखिलको जुलुस भइरहेको थियो । नेविसंघका बलबहादुर केसी बीचमा उभिइदिए र त्यही मौकामा गाडी सिंहदरबारभित्र छिराइदिए । त्यसपछि हामीले मन्त्रिमण्डलको बैठक बोलायौं । यो ठीक भएन भनेर सामूहिक राजीनामासहित प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दरबार पठायौं । उनले भनेअनुसार राजा १० मिनेटसम्म बोलेनन् । राजालाई पनि अप्ठ्यारो भयो । त्यसपछि राजाले भट्टराईलाई भनेछन्- 'नआत्तिनोस्, आधा घन्टाभित्र तीनै सुरक्षा अंगले पूर्ण बफादारी व्यक्त गर्नेछन् ।' तीनवटा निकाय कुन-कुन हुन् भन्ने पनि हामीलाई थाहा थिएन । सेना र प्रहरी बाहेकको नेपाल गुप्तचर विभाग -नेगुवि) रहेछ तेस्रो । आधा घन्टापछि तीनैवटाका प्रमुखले प्रधानमन्त्री र मन्त्रीहरूसँग आएर पूर्ण बफादारी प्रकट गरे ।
Read Full Discussion Thread for this article