Posted by: Nepe May 17, 2006
Nepe and Ashu
Login in to Rate this Post:     0       ?        
जातपात कान्तिपुर पाठक मञ्च मे १७, २००६ - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=73918 डेरा पाइएन अस्थायी रूपमा भए पनि लोकतन्त्र स्थापना भएको छ । देश गणतन्त्रतर्फ उन्मुख हुँदैछ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा पछाडि पारिएका जाति र वर्गमध्ये दलित समुदायका पीडामा लोकतान्त्रिक व्यवस्थाले कस्तो असर पार्छ ? स्वाभाविक उत्तर सुनिए— लोकतान्त्रिक राज्यव्यवस्थामा नागरिकको नैसर्गिक अधिकारको ग्यारेन्टी हुन्छ, न्यायपूर्णर् तवरले नागरिकले सामाजिक, आर्थिक, राजनीतिक लगायत अधिकार निर्वाद उपभोग गर्न पाउँछन् । यो व्यवस्थाले सामाजिक असमानता, विभेद तथा थिचोमिचो पूर्ण निषेध गर्छ । व्यवहारमा त्यस्तो देखिएन । दुई साता अघिको कुरा हो । डेरा खोज्ने क्रममा म गोंगबुमा गएँ । हास्य कलाकार मोहन मिश्रको घरमा पुगेँ । घर पनि हेरेँ । कोठा राम्रो लागेपछि हामीले डेरा सर्ने निधो गर्‍यौं । एडभान्स दिन जाँदा हाम्रो जात थाहा पाएपछि घरमा सल्लाह गर्नुपर्छ, पछि सम्पर्क गर्नु भनेर भनियो । हामीले संकीर्ण मानसिकता भएको मानिससँग सधैं बस्न गार्‍हो हुने महसुस गरी फेरि सम्पर्क गर्न आवश्यक ठानेनौं । पछि नेपाल टेलिभिजनको 'युरोपियन युनियनद्वारा प्रायोजित बार एसोसियसनको छुवाछूत विरुद्धको अधिकार' सम्बधी विज्ञापनमा उनलाई देख्दा अचम्म्ा लाग्यो ! आफूलाई शिक्षित र सभ्य भन्न रुचाउने तर अभिव्यक्ति र व्यवहारमा आकाश-जमिनको फरक गर्ने ढोँगीहरूको समाजमा कमी छैन भन्ने नमुना हो त्यो । यस्ता धेरै घटना यत्रतत्र देख्न पाइन्छ । यसलाई मनोवैज्ञानिक रूपमा गरिएको दुव्र्यवहार भन्न सकिन्छ । मनोवैज्ञानिक तवरमा दुव्र्यवहार गर्नेलाई हाम्रो कानुनले राम्रो व्याख्या गरेको पाइँदैन्ा । त्यसका आडमा दलितहरूले पाइलापिच्छे अपमानित र दुव्र्यवहार भोग्नुपरेको छ । कोठा दिनु-लिनु नितान्त व्यक्तिगतजस्तो देखिए पनि यसले सामाजिक संरचना र मानिसको चिन्तनमा अझै परिवर्तन्ा आएको छैन्ा भन्ने उजागर गर्छ । लोकतान्त्रिक र समानतामूलक समाजको निर्माण गर्ने भन्न्ो पार्टी, नागरिक समाज र सरकारले मनोवैज्ञानिक रूपमा कसैले कसैलाई शोषण गर्न नसक्ने नीतिनियम बनाउनेतर्फ समयमै ध्यान दिने हो कि ? म जस्ता पीडितहरू कानुनको अभावमा त्यत्तिकै मानसिक तनावमा बसिरहनुपर्ने बाध्यता कहिलेसम्म ? - धनकुमारी सुनार ____
Read Full Discussion Thread for this article