Posted by: chakku May 17, 2006
unbelievable..MAOISTS DEMAND 50% of the BUDGET!!!!
Login in to Rate this Post:     0       ?        
'औंलो दिँदा डूडूल्नो निल्ने' भनेको यहि हो। माओबादीलाई सरकारको बजेटको ५०% दिनु पर्ने रे, अनि बल्ल उनिहरुले जबर्जस्ति चन्दा नउठाउने रे। बुढाहरुले 'लातको भूत बातले मान्दैन' भन्ने उखान त्यसै बनाएका हैन रहेछन। himalkhabar.com बाट- माओवादीद्धारा कुल राष्ट्रिय बजेटको ५० प्रतिशत माग बुधबार, १७ मे २००६ युद्धविरामका क्रममा चन्दा संकलनलाई व्यापक बनाएको आरोप खेपिरहेकै बेला नेकपा माओवादीका एक नेताले आफूहरुलाई सरकारले कुल राष्ट्रिय बजेटको ५० प्रतिशत नछुट्याउञ्जेलसम्म चन्दा संकलन जारी रहने बताएका छन्। आगामी ६ जेठमा विराटनगरमा आयोजना हुन गइरहेको पूर्वाञ्चल स्तरिय 'गणतान्त्रिक' जनसभाका बारेमा जानकारी दिने क्रममा आयोजित पत्रकार सम्मेलनमा माओवादीको मोरङ ईन्चार्ज शुशिलले यो बताएका हुन्। २ जेठको सो पत्रकार सम्मेलनका क्रममा शुशिलले बताए अनुसार सो जनसभालाई सफल पार्न चन्दा संकलनकालागी २ सय जनसेना परिचालन गरिएको छ। तर उनले यतिखेर आफ्ना जनसेना निशस्त्र रहेको दाबी गरेका छन्।
Read Full Discussion Thread for this article