Posted by: gaalab May 16, 2006
MAY GOD BLESS THE KING!
Login in to Rate this Post:     0       ?        
Src: http://www.parewa.com/newsview.php?id=2085 आर्थिक वर्ष २०५८–०५९ मा राजदरवारको खुद खर्च १२ करोड थियो भने प्रतिनिधि सभाको विघटनपछि २०५९–०६० मा यसै पटक भारीमा मात्रामा बृद्धि गरिदै ४० करोड ७९ लाख विनियोजन गरिएको थियो भने त्यस बर्ष राजदरवारको खुद खर्च ४५ करोड रुपैया भएको थियो। २०६१–०६२ मा यो रकम ५७ करोड १४ लाख पुग्यो भने चालु आर्थिक बर्षको चैतसम्ममा ७५ करोड ११ लाख रुपैया निकासा भैसकेको सरकारले जनाएको छ। यसैगरी जनआन्दोलन नियन्त्रण गर्न एक अर्ब रुपैया निकासा गरेको र गृहमन्त्री कमल थापाको आदेशबाट २०६२ साल पौष १२ गतेदेखि २०६३ साल बैशाख ५ गतेसम्म अधिकां‍श दिन दैनिक पाँच लाख रुपैयाँका दरले खर्च गरेको डा महतले सदन समक्ष जानकारी दिनुभएको थियो। यस रकममा गृह मन्त्रालय तथा अन्तर्गतका सुरक्षा निकायहरुको बजेट भित्रकै रकम परिचालन गरि लेखामा अन्य प्रयोजन देखाई आन्दोलन दबाउन खर्च भएको रकम यसमा समावेश गर्न नसकिएको अर्थमन्त्रीले बताउनु भएको छ। यसैगरी राजाको प्रत्यक्ष शासनकालमा आन्दोलन दवाउन खर्च हुनसक्ने गरी सूचना तथा संचार मन्त्रालयले विनियोजन नै नगरेको २ करोड ५० लाख रुपैया विभिन्न संचार माध्यमहरुलाई अनुदान दिएको छ। See your king's kartoot... Why would the god save and bless Rawan.
Read Full Discussion Thread for this article