Posted by: Gautam B. May 16, 2006
Chautari XV
Login in to Rate this Post:     0       ?        
"अभिवादन कार्यक्रमको प्रस्ताव" गाम्ले हो, यो चौतारीले हामी सबैलाई दु:ख सुखका बात मार्ने अबसर दे'को छ। अन्त जत्ति "बाउन्न घुस्सा त्रिपन्न ठक्कर" खाएर आए पनि याँ आएसी चित्त शान्त जो हुन्छ। यस्तो खास्साको चौतारीको जग हाल्ने केही माहानुभावहरुलाई असली बिदेशी दोसल्ला ओढा'र अभिवादन गर्ने प्रस्ताव राख्न चाहन्छु। पहिला गाममा चौतारी थे'न। एउटा पीपलको बुटो थ्यो' भर्खर भर्खर उम्रदै गरेको। त्यति खेर भउते काजी कुन्नि कल्लाई (केटी त केटीनै हो!) लेर गामबाट बेपत्ता भए। भउते काजी हराए भनेर इस्सोरे बजियाले पिपलको बुटाँ सानु सानु नुटिस (नोटिस) जो टाँसेको थियो अऊँरेजीमा। चौतारीको पहिलो बोली त्यहि थ्यो'। त्यसैले इस्सोरेलाई दोसल्ला नओढाई भएन। पीपलको बुटासं बरको बुटो पनि थपेर डाँडाघरे नमेले चौतारी चिनेको हो। त्यसैले नमेलाई पनि दोसल्ला ओढाम्। चौतारी मात्र भएर नहुने, मुन्छे पनि भेला हुनु परो। मुन्छे भेला पार्ने कामचैँ सिरेले बडा पक्कासं गरो। सिरेले रात दिन चौतारीमा बसेर गाँजा तान्दै शाकाहारी-मांसाहारी (veg and non-veg) कथा नहाल्या भे चौतारी कता'ट यस्तो रमाइलो हुन्थ्यो होला र! मान्छे आम्दै आम्दैनथे नि! सिरेलाई पनि एउटा घच्चीको दोसल्ला ओढाउनै पर्छ। उ बेलाँ हराइदिएर हामीलाई गुन लगाएकाले भउतेलाई त दोसल्ला पनि अलिक बाक्लै ओढाउनु पर्ला। कि कसो? कल्ले कल्ले दोसल्ला ओढाइदिने, कल्ले अबीर लगाइदिने भन्ने कुरा छलफल गर्दै गरम्ला। दोसल्ला किन्ने जिम्माचै दादाको भो।
Read Full Discussion Thread for this article