Posted by: rhishi May 14, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
आजलाई यो बुद्ध जयन्ती बिशेष !! आऊ-आऊ बुद्ध ! संसार तार॥ ठूला - ठूला युद्धले त्रस्त सारा खोला नाला रक्तले लाल लाल मर्थे मान्छे ब्यर्थको काट -मार बुझ्नै गाह्रो युद्धको कार -वार ॥ बोकी खुँडा हातमा वीर भन्थे काटी दिन्थे शीरमा छेद बन्थे मर्थे मान्छे हुन्नथ्यो क्यै कसूर मानव्‌ता त्यो भाग्दथ्यो दूर-दूर ॥ शोला बन्दै बर्सने यत्र - तत्र पग्ली घृणा नैनका कापबाट स्वर्गङ्गा मै नाशको अर्घ घोली पोख्थे मानौं चन्द्र दूराकासबाट ॥ धर्ती माता खिन्न भै भार सारा बोकी हिन्थिन् ‌पापको त्यो फुहारा पर्खी पर्खी बुद्धको जन्मलाई धर्ती बस्थिन्‌ आस नौलौ जगाई॥ आए आए बुद्ध ती पाप हर्न सारा धर्ती शान्ति सन्देश छर्न सारा सारा युद्ध ती दूर भागे निन्द्रा त्यागे मानसी साथ लागे॥ आँकूरा ती शान्तिका फुट्न थाले हाँसो - खुशी, पल्लवी झुल्न थाले घृणा भाग्यो, मूढता सुक्न थाले थुँगा राम्रा प्रेमका फुल्न थाले ॥ खाँचो फेरी बुद्धको यो धरामा विष्फारींदा युद्धको कार - वार नासी घृणा प्रेमको उष्णतामा आऊ ! आऊ बुद्ध ! संसार तार ॥ अस्तु!
Read Full Discussion Thread for this article