Posted by: Birkhe_Maila May 13, 2006
Login in to Rate this Post:
0
?
एउटा अलि फरक कविता! नितान्त लाटो! समसामयीकता भन्दा अलग!
म र तिमी-
म-
साँझ बिहानको यो
लामो यात्रामा,
म;
प्रदर्शनमा राखिएको
झाँकि झैँ,
पटक पटक
प्रदर्शित हुन्छु।
अनि,
मन पराउनु
र मन नपराउनुको
दुई भित्तामा,
पटक पटक ठोक्किँदै,
बिक्न तयार हुन्छु!!
तिमी-
हाँसो र आँशुको यो
लामो यात्रामा,
तिमी;
कुनै उराठ नाटकको
पर्दा झैँ,
पटक पटक
छोपिन्छौ र उदाङ्गिन्छौ।
अनि,
पवीत्रता र अपवीत्रताको
दुई पाटामा,
हरपल जेलिँदै,
किन्न तयार हुन्छौ!!