Posted by: Yahoooooo May 12, 2006
पूर्व गृहमन्त्री कमल थापा गिरफ्तार
Login in to Rate this Post:     0       ?        
शाही सरकारका पाँच मन्त्री र दुई सल्लाहकार गिरफ्तार, तुलसी गिरीको व्यापक खोजी (Breaking News) पूर्व गृहमन्त्री कमल थापा सहित चार पूर्व मन्त्रीहरुलाई सुरक्षाकर्मीले शुक्रबार गिरफ्तार गरेका छन्। पूर्व सूचना तथा सञ्चारराज्यमन्त्री श्रीश सम्शेर राणा र परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे, टंक ढकाल र निक्ष सम्शेर जबरा रहेका छन्। यसैगरी समाचार स्रोतहरुका अनुसार राजाका वरिष्ठ सल्लाहकार एवं पूर्व सैनिक जनरलहरु सच्तित सम्शेर जबरा र भरतकेशर सिंहलाई पनि गिरफ्तार गरिएको छ। राजाको निरंकुश शासन कालका मन्त्रिपरिषदका उपाध्यक्ष तुलसी गिरीलाई पनि पक्राउ पुर्जी काटिएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यलयले ढकाल, थापा, राणा र पाण्डेका नाममा पक्राउ पूर्जी थमाएको छ। तीनै पूर्व मन्त्रीहरुलाई ९० दिने पक्राउ पुर्जी थमाइएको छ। पक्राउ पूर्जीमा पूर्वमन्त्रीहरुले समाजमा शान्ति सुव्यवस्थामा खलल पुग्ने कार्य गरेको अभियोग लगाइएको छ। पूर्व मन्त्री गिरफ्तारीका सम्बन्धमा अर्थमन्त्री डा. रामशरण महतले शान्ति सुरक्षाको स्थिति हेरेर सरकारले कारवाही अघि बढाउन सक्ने बताउनुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक कक्षबाट बाहिर निस्कँदै गर्दा महतले सञ्चारकर्मीसँग भन्नुभयो, 'जनआन्दोलनमा भएको दमनको छानवीन गर्न गठित आयोगले गरेको सिफारिशलाई सरकारले कार्यान्यवन गर्छ।' गिरफ्तार पूर्व मन्त्रीहरुलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा राखिएको छ। दलहरुको विरुद्ध कडा अभिव्यक्ति दिने पूर्व स्थानीय विकास मन्त्री ढकालकै पालामा गत माघ २६ गते नगरपालिकाको निर्वाचान गराएर राजाको शासन प्रजातान्त्रिक छ भन्ने झुठो प्रचार गराउन लागिपरेका थिए। तर कूल २१ प्रतिशत मतदान भएको सो निर्वाचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रबाट मान्यता प्रदान गरिएको थिएन। शाही मन्त्रिमण्डलका वरिष्ठ मन्त्रीहरु रहेका तीनै जनाले राजाको निरंकुशतन्त्र टिकाउन आ आफ्ना ठाउँबाट गैरन्यायिक कार्यहरु गरेका थिए। सञ्चार राज्यमन्त्री राणाकै अग्रसरतामा संविधान विरोधी सञ्चार अध्यादेश जारी भएको थियो। उहाँकै कार्यकालमा कान्तिपुर एफएम र रेडियो सगरमाथाका रेडियो सामग्री तत्कालीन सरकारले लुटेको थियो। कमल थापाको निर्देशनमा सुरक्षाकर्मीहरुले प्रहार गरेको गोली लागि चैत २४ देखि चलेको जनआन्दोलनमा २१ को मृत्यु भएको थियो भने ६ हजारभन्दा बढी सख्त घाइते भएका थिए। जनहत्याको रुपमा नागरिक समाजले थापामाथि युद्धअपराधीको अभियोग लगाउनु पर्ने आवाज उठाउँदै आएको थियो।
Read Full Discussion Thread for this article