Posted by: amanush May 11, 2006
पाँच दिनसम्म भोजैभोज
Login in to Rate this Post:     0       ?        
देशको विकासमा राजतन्त्र बाधकः मह वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले देशको विकासमा राजतन्त्र बाधक भएको बताउनुभएको छ। उहाँहरुले बहुदलीय प्रजातन्त्रको स्थापनासँगै देशमा भौतिक विकास निकै भएको तर २३७ वर्ष लामो राजतन्त्रको इतिहासमा भने कुनै उल्लेख्य काम हुन नसकेको धारणा राख्नुभयो। विहीवार आयोजित एक कार्यक्रममा नेपालमा राजतन्त्रको अन्त्य नभएसम्म जनता सँधै निरंकुश राजाको दास भएर बाँच्नुपर्ने भन्दै कलाकारद्वयले एकै स्वरमा भन्नुभयो - "सबै मिली निरंकुशतन्त्रको जरै समेत उखेलेर फाल्नुपर्छ। " कार्यक्रममा कलाकार हरिवंश आचार्यले लोकतान्त्रिक आन्दोलनमा लागेकै कारणले आफूलाई ज्यान मार्ने धम्की आएको बताउनुभयो । उहाँले यसको तत्काल छानबिन गर्न माग गर्दै कसैको धम्कीले नडराउने र निरंकुशताविरुद्ध अझ खरो भएर उत्रने प्रतिबद्धता व्यक्त गर्नुभयो। oh hajur paila 2 karod ko hisab kitab diunus. kura antai modan paidain
Read Full Discussion Thread for this article