Posted by: Dada_Giri May 10, 2006
Notice from INLS
Login in to Rate this Post:     0       ?        
अनेसास जापानको सूचना अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले कथा संग्रह प्रकाशन गर्न गइरहेको हुनाले इच्छुक साहित्यप्रेमी मित्रहरुबाट नयाँ र मौलिक कथा लेखेर सहयोग गर्नका लागि हार्दिक अनुरोध गर्दछौँ। कथा लोक, सामाजिक, काल्पनिक या प्रेम सम्बन्धी लगायत राजनैतिक, सामाजिक व्यगांत्मक हुन सक्नेछ। तर उग्र राजनैतिक या कुनै एक पक्षलाई ठाडो आरोप लाग्ने खालको कथालाई प्रोत्साहन दिइने छैन। जातीय, क्षेत्रीय, लैगिकं भेदभाव भएको या बिबादमा आउन सक्ने कथावस्तुलाई प्रोत्साहन दिइने छैन। कथा सकेसम्म नेपाली टाइप गरेर पठाउनुहुन अनुरोध गरिन्छ। नेपाली युनिकोड रोमनाइज्ड डाउन्लोडको लागि यस पृष्ठको बायाँ-माथिको "फन्ट डाउन्लोड" मा थिच्नुहोस्। तलको पेजमा पनि नेपाली टाइप गर्न सहयोगी हुनेछ। http://www.chhahari.com/unicode/ A4 साइजमा ३-५ पेजसम्म लेख्न अनुरोध गर्दछौँ। कथा प्राप्त हुनुपर्ने अन्तिम मिति - मेइ ३१, २००६ प्रकाशन समिति (अनेसास जापान)ले स्तरियता हेरी, आवस्यकता अनुसार कथामा सुधार गर्न लेखकलाई अनुरोध गर्न सक्नेछ। कथा मुल्याकंन गरी, प्रकाशन गर्ने या नगर्ने अन्तिम अधिकार प्रकाशन समिति (अनेसास जापान) सित सुरक्षित रहनेछ। कथा संग्रह प्रकाशनमा ल्याइने मिति - अक्टोबर १, २००६  सम्पर्कका लागि हाम्रो विद्युतीय ठेगाना- inlsjapan@gmail.com  धन्यबाद अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापान केन्द्र मियामाय, टोक्यो, जापान - http://www.inls.org/japan/notice.htm
Read Full Discussion Thread for this article