Posted by: Nepe May 5, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीषजी, तपाईले बुझें भनेपछि मात्र मैले बुझें म आफैले भन्न खोजेको कुरा के हो भनेर, सत्ते । *** *** *** दिलिपजी, स्वागतम् साझामा सबै साझा-कविमित्रहरुको तर्फबाट । तपाईको गजलप्रतिभा झल्किन्छ यो गजलमा । एउटा सानो सामान्य टिप्पणी के गर्न चाहन्छु भने, स्रष्टाहरुले सदैव ध्यान दिनुपर्ने कुरा के हो भने -नविनता । स्रष्टाले आफ्नो रचनामा कुनै न कुनै पक्षमा केहि न केहि नविनता भएको कुरामा सन्तुष्ट नभएसम्म त्यसलाई पूर्ण भएको ठान्नु हुँदैन । किनभने रचनाको अर्थ नै 'नविनता' हो । *** *** *** गौतमजी, वाह ! क्या समयबोध ! क्या सतर्कता ! *** *** *** राहुलजी, तपाईलाई पत्यार नलाग्ला, सरल र निष्कपट कविता नै मलाई सबभन्दा बेसी प्रिय लाग्छन् । *** *** *** भौतेजी, कस्तो लाग्यो त यो साताको कविता ? नेपे - http://www.dkhadka.com
Read Full Discussion Thread for this article