Posted by: Acharya Dilip May 5, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
कत्ति देश प्रेमको मात्रै लेख्‌ने ल यौटा सौन्दर्य को पनि थपिदिएँ .अलिकता मुड Fresh गरौं उनी टाडा हुंदा सधैं उनलाइ भेटने आश हुन्छ । साथमा आई उनी वस्दा छुट्टीनु पर्ने त्रास हुन्छ । अरुले नी’ वुझ्लान भनी इशाराले बोल्छीन उनी त्यसैले त उनको नजर मेरो लागी खास हुन्छ । उनको उदाशीमा मेरो संसार निरस हुन्छ, तर उनकै मुस्कान मेरोलागी जिवन दिने सास हुन्छ । उनी 'उनी' मात्रै नभई 'मेरी' बनीन जब देखि मेरो दिल र दिमागमा त सधैं उनको वास हुन्छ । केवल उनकै सहारामा जिउदो छ यो प्रेमी ‘दिलीप’ उनले छाडे ‘म’ रहन्न मेरो शरीर लास हुन्छ ।
Read Full Discussion Thread for this article