Posted by: kick May 4, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
आज धेरै जो दिनाँ यस्सो चौपारो तिर आको, चौपारो त नये केटकेटीहुरले पो भर्रेको रैच। क्यार्दैछौ ए लंठू हो? बेसै छौ होला के रे। लाँबै जो भेट नभा नि तिमुरओ मय त काँ मारेओ हुम र? शुरुआँ कामओ लठारोले आम्न भेइएन के रे, त्याँट फेरि तिमुरकी काकीलाई ओखती अर्न कैले बटौली कैले पखरा अर्दाअर्दै ठीक्क भओ। बल्ल बल्ल डाउडरओ ओखतीले बुडिमाउलाई संचो भओ के रे, त्याँट म नि यस्सो चटपट अर्न पाओ छु। अगि यतातिर चौपारोआँ आम्दै अर्दा बाटाँ पराट बिर्खे माइला आम्दै अरेओ देखेँ। अनौठै अरे गाँठे तिन्ले नि! मलाई देखेसी बुडा त फुत्त बाटा मुनि पो फुङ्ङाले। त्याँट काल्नैकाल्ना सानकान्छाओ घर छेवैँआट हुँदै उँधोतिर पो लाए। 'ए बाबै, क्यार्न तेसो अर्चन है गाँठे यिनी बुडा' भन्दै म लुरुलुरु यतातिर आएँ। यस्सो गम्दा त तिन्का कुरा बुजिहालेँ नि मैले। तिनी बुडा कम्ताका छन र? ज्याद्रै जो छट्टू पो छन् के रे नि। अस्तिन हरिताल लाओ बेला फेरा पाँचेक जति ङिच्च दाँत देखाम्दै मेरा घराँ आएर 'लौन कान्छा, बजाराँ मर्तेल किन्न पाइन छोडो के रे हरितालले। आगो सल्काम्न नि गारो भओ। ले ले मर्तेल पैंचो' भन्दै आका थे। पाँचै फेर जो इतिइति अर्दै मर्तेल देएर पठाओ थेँ के रे। तेत्रो अरेसि नि बुडा त फेरी आम्चन के रे मर्तेल माग्न! बुडा त पल्केचन। तिन्का ताल देखेर मलाई नि झोँकै जो चलो लौ! मेरो पालो मैले नि यत्रै सिति जो भनेर 'हैन ए जिम्माल बा, काँको मर्तेल लेएर दिनि हो र गाँठे तिम्लाई जैले नि? मैले तिम्रो कुन जुनिआँ के खाओ छु र अइले आएर मलै हत्ते अरेओ अरइ छौं ए चट्टै! क्यार्न अर्कालाई हैरान अर्चौ। तिम्रा खुट्टाँ नि दम छँदै छन के रे, सल्लेरी बनाँ गएर द्यालो (दियालो) खोजेर लेए त भओ के रे नि!' भनेर भनेओ थेँ। त्याँट बुडाले 'क्यार्न गालि अर्चस् तेस्तरी, तेरा मर्तेल खान्नम के रे, दिम्ला र त भओ के रे नि' भन्दै धम्धम्ति खुट्टा बजार्दै हिनेआ थे तेसबेला। हिँज हो कि अस्ति बुडा पखराट फर्के रे, मर्तेल नि तीन जर्किन जति लेर आका छन रे भनेर भन्तो दादाले। तेइ मर्तेल मैले मागम्ला र पैंचो तिर्न पर्ला भन्नि डरले बुडा भिरभिरै दुगुरेआ हुन। अपुर के खाएर हुन्तो? पैंचो तिर्न नि के हत्ते हो है गाँठे कस्कसैलाई!
Read Full Discussion Thread for this article