Posted by: Birkhe_Maila May 3, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
म ठुल्नानिको तोते बोलि सुन्दै उसलाई कुरो बुझाम्दै थेँ। मैले खल्ति टक्टक्याएको देखेर दादा कान्लामाथिआट फुत्त ओर्ले र पटुकाको गाँठो फुकाएर सुर्ती निकाले। " लु जिम्माल, आज मलुवा च्यापुम्" दादा मधेस सधेस गइरनि के रे सालमा दुईफेर बालि उठाम्नलाई, तेता ग' र सुर्ति पनि नानाथरिका खान जान्ने भएछन्। " यो जुद्ध विराम कति दिन टिक्ला जिम्माल?" सुर्ती माड्दै, हात फुकेर दादाले मलाई सोधे। सुर्तीओ खारले मेरो नाक चिलाओ तर हाच्छिउँ आएन तेसैले माथि घाममा हेरेँर एउडा लामो हाच्छिउँ गरेँ। " खै दादा राउनितीओ कुरो, आज मिल्छन् भोलि काट्छन् तै पनि गाममा सधैँ ढुक्क भ' र बस्न पाए त हुन्तो के रे" नाक पुछ्दै आफ्नो मनओ कुरो गरेँ। ठुल्नानीले घाँसको भारि पुर्याईन र नाम्लो ला'र बोक्दै उकालो लागिन्। साने भने हाम्रो कुरा नसुनिकन एकनासले आँधितिर हेर्दै थ्यो। तल सार्कि खाल्डो तिराट एउडा ठिटो उकालो लाग्दै चौतारिआँ आउँदै थ्यो, त्यो देखेर दादाले भने- " तो हाम्रो यामे हैन जिम्माल?" मैले आँखा ठुलो बनाम्दै ध्यान देर हेरेँ। " हो यामे नै हो दादा, तेस्तो सुकिलो लुगा ला'र गाममा अरु को हिँड्छ र?" मनमनै म खुसि हुँदै थेँ। किनकि, यो तितो सुर्ति भन्दा यामे आएपछि याक चुरोट खान पाईने निश्चे थ्यो"!
Read Full Discussion Thread for this article