Posted by: Dada_Giri May 3, 2006
Login in to Rate this Post:
0
?
अब भन्न त भनेको हो केरे नि जम्मैलाई तर नसुनेसी क्यारम् त नि कानाँ प्युरी घुसारेर बसेका हुन् कि क्यारेका हुन् कुन्नि "चौतारीयाँ आम्न पर्नी मुन्छे आऽनन्।" ।
के भनेका हुन् यी जिम्माल बुढाले, मैले बुझिन तर कान ठाडा ठाडा पारेर मैले सुनिचु के चौपारीथिमका बान्नामुनि बसेर।
यत्तिकैमा गरामुनि सानोकान्छा पनि आयो अनि सुइईई सुसेलेर बस्यो छपनियाँ तल आँधिखोलातिर हेर्दे। "खोला पनि सुक्न लाए ।" दुखेसो पोख्यो बैशाखमासको सुकेके खोलातिर हेर्दै।
जिम्मालले रिडियो खोलेछन्। के के फलाको के के नि।
के भनो जिम्मालबा? मैले बडो कान सुन्दिन थुल्नानीले सोधिन्।
"जुद्द बिराम अरो केरे के। जुद्द बिराम। " जिम्मालले कुरो बुझाए।
सुईईय गर्दै सानोकान्छाले भन्यो, "भनेसी अब चन्दा सन्दा माउन नि आम्दैनन्?"
"तो ता ट्वाक्क भन्न सउतिन कान्छा।" जिम्मालले रित्तो नै भे नि खल्ति छाम्दै भने र सुर्तिको धुलो टकटकाए।