Posted by: ALSON Nepal May 3, 2006
आन्दोलन थामियो, आँसु थामिएन
Login in to Rate this Post:     0       ?        
आन्दोलनले विश्राम लिए पनि अधिराज्यभरकिा अस्पतालहरूमा बिरामीहरू भरभिराउ छन् । उपचारपछि केही घर जाने र शल्यक्रिया गर्नुपर्नेहरू पुनः अस्पताल भर्ना हुने क्रम पनि जारी छ । संसद् पुनःस्थापना भएको भोलिपल्टै एमाले महासचिव माधवकुमार नेपालले काठमाडौँको कलङ्कीमा आयोजित सभालाई सम्बोधन गर्दै जनआन्दोलनका प्रत्येक शहीद परविारलाई कम्तीमा १० लाख र घाइतेलाई दुई लाख रुपियाँ दिनुपर्ने घोषणा गरे । त्यसपछि अस्पताल आउने पुराना घाइतेको सङ्ख्या बढेको अस् पतालहरूबाट थाहा भएको छ । मोडल अस्पतालमा दैनिक ५० जना नयाँ घाइते आइरहेका छन् । घाइते हुनेमा केटाकेटी पनि उल्लेख्य छन् । बालमजदुर सरोकार केन्द्र -सिविन) ले तयार गरेको एक प्रतिवेदनअनुसार, चैत २४ देखि वैशाख ७ गतेसम्म काठमाडौँ उपत्यकाभित्र मात्र १६ वर्षमुनिका एक सय ८१ जना बालबालिका घाइते भएका छन् । तीमध्ये तीन जनालाई गम्भीर चोट लागेको छ । टाउकोमा २५ टाँका लगाएकी दक्ष्ािणकालीकी १३ वषर्ीया सुनीता आचार्य १० दिनको अस्पताल बसाइपछि वैशाख १३ गते घर गइन् । स्थानीय श्रीकृष्ण माविकी सात कक्षाकी छात्रा सुनीता भन्छिन्, "बाटो हिँडिरहँदा टाउकोमा ढुङ्गा लागेर लडेछु ।" रत्नराज्य क्याम्पसमा आईए प्रथम वर्षका छात्र विवेक ढुङ्गाना, १६, को दायाँ घुँडा छेडेर निस् केको धातुको गोलीले देब्रे घुँडामा समेत गहिरो चोट पुर्‍याएको छ । शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका आठ जनाले त आँखाको ज्योति नै गुमाएका छन् । चैत २९ गते चाबहिलमा देब्रे आँखामा रबरको गोली लागेका दिनेश शेर्पाले ज्योति गुमाएका छन् भने आन्दोलनकारीलाई पानी खन्याउँदै गर्दा आँखामा गोली लागेका गोर्खाका कृष्ण राना मगरको पनि ज्योति गुमेको छ । मोटर चलाएर हिँड्दै गर्दा दायाँ आँखामा प्रहरीको ढुङ्गा प्रहारबाट ज्योति गुमाएका छन्, ओखलढुङ्गाका राजेश केसीले । बनेपाको तीनघुम्तीमा प्रहरीले हानेको गोली लागी आँखा गुमाएका अर्का घाइते विक्रम कपाली भन्छन्, "हामीले आँखा गुमाए पनि नेताहरूले सही बाटो देखून् ।" उनीजस्तै अधिकांश घाइतेहरू नेताले देशलाई सही ढङ्गले अघि बढाएमा आफूले दिएको बलिदानको कदर हुने तर विगतमा जस्तै गल्ती दोहोर्‍याएमा राजालाई ठीक लगाउने युवाहरू नेताहरूविरुद्ध खनिने बताउँछन् । ललितपुरको चापागाउँ दोबाटोको जुलुसमा छातीमा गोली लागेपछि भर्खरै अपरेसन गरेका नयाँबानेश्वरका हरभिक्त खड्गी भन्छन्, "राजाले जस्तै हाम्रा नेताले पनि फेर िआफ्नै भुँडी भर्न लागे भने ठीक हुन्न ।" वैशाख ८ गते नयाँबानेश्वरमा प्रहरीको लाठीबाट खुट्टा भाँचिएका धुलिखेलका राजमान श्रेष्ठ भन्छन्, "हामीलाई शान्ति चाहियो । हामीले काम पाउनुपर्‍यो ।" ग्रील कारखानामा काम गर्ने राजमान अबको सरकारले रोजगारी दिने कुरामा आशावादी छन् । वैशाख १० गते पुरानो बानेश्वरमा प्रहरीले टाउकोमा हानेको लाठी छेक्दा दुवै हात गुमाएका बाँके कोहलपुरका सुदर्शन केसी अस्पतालको शय्यामा छन् । "नेताले धेरै चेतेकाले आशावादी छु," केसी भन्छन्, "परविर्तनको ढोका मात्र खुलेको छ । संविधानसभाको सुनिश्चितता नभएसम्म आन्दोलन रोकिनुहुन्न ।" चाँडै नै कलेज खुल्ने तर आफू सात साता अस्पताल बस्नुपर्ने कुराले प्रचण्डकुमार पोखरेललाई सताएको छ । त्रिवि, कीर्तिपुरमा नेपालीमा एमए गररिहेका उनी भन्छन्, "डिस्चार्ज गरेपछि कहाँ गएर बस्ने भन्ने समस्या छ ।" घाइतेमध्ये सयौँको सङ्ख्यामा अङ्गभङ्ग हुने छन् । हड्डी टुक्रेका र फुटेकाहरूको निको हुन एक वर्ष लाग्छ । त्यस्तै टाउकोमा आघात पर्नेहरूको १८-२० वर्षपछि समेत असर देखिने चिकित्सकहरू बताउँछन् । शिक्षण अस्पतालका चिकित्सक डा चोपलाल भुसालका अनुसार, घाइतेमध्ये आधाभन्दा बढी टाउकोमा आघात परेका र अङ्गभङ्ग भएकाहरू छन् । अझ गजब त के भने यस जनआन्दोलनमा जेल पर्नेभन्दा घाइतेको सङ्ख्या बढी छ । "नेपालको इतिहासमै यस्तो दमन कहिल्यै भएको थिएन," मानवअधिकारवादी कृष्ण पहाडी भन्छन्, "यस्तो दमनमा संलग्न अधिकारी कसैले पनि उन्मुक्ति पाउनु हुँदैन, अपराधीमाथि कारबाही गरनिुपर्छ ।" अहिले आन्दोलनका घाइतेहरू देशभरकिा विभिन्न अस्पतालहरूमा छरएिर रहेका छन् । यकिन तथ्याङ्कसम्म जम्मा गरएिको छैन । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरविंश आचार्यको अगुवाइमा सुरु गरएिको उपचारकोषमा वैशाख १५ गतेसम्ममा करबि एक करोड ८५ लाख रुपियाँ सङ्कलन भइसकेको छ, जसमध्ये ४० लाख खर्च भइसकेको छ । "जिल्लाका बिरामीहरूलाई क्षेत्रीय स्तरका अस्पतालहरूमा जम्मा गरेर उपचारको व्यवस्था सरकारले गर्नुपर्छ," हरविंश आचार्य भन्छन्, "नयाँ सरकारले सबभन्दा पहिला जिल्ला-जिल्लाबाट गम्भीर घाइतेको सूची सङ्कलन गर्नुपर्छ ।" रकम दुरूपयोग नहुने गरी कमिटी बनाएमा मोडल अस्पतालका बिरामीलाई भविष्यका निम्ति आवश्यक केही छुट्याएर बाँकी रकम उपलब्ध गराउन तयार रहेको पनि हरविंश बताउँछन् । रुकुमका तारा खड्काजस्ता ०४६ सालको जनआन्दोलनका जिउँदा शहीदहरू हालसम्म पनि सडकमा दुःख पाइरहेका छन् । हिजो राज्यले उचित व्यवस्था नगर्दाको त्यो दृश्य जनतासामु प्रस्ट छ । धेरै शहीदका छोराछोरीले होटलमा भाँडा माझेर भात खानुपरेको तथ्य पनि हाम्रासामु ताजै छ । यसपल्ट पनि ताराजस्तै धेरै अपाङ्ग भएका छन् । कृष्ण पहाडी भन्छन्, "घाइतेको उपचार, घाइते र शहीदका परविारका लागि उचित क्षतिपूर्ति र रोजगारीको कुरा राज्यको प्रथम दायित्व हो । नयाँ बन्ने सरकारले तत्कालै यसतर्फ कदम चाल्नुपर्छ ।"
Read Full Discussion Thread for this article