Posted by: Birkhe_Maila May 2, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
माष्टरनी नानी, मुसुक्क मिठो हाँसो हाँस्नुभो नि? भुराभुरि पठाए हुन्छ भन्नुभएको होला :) हाम्रो सानेले घरमा गएर यस्तो चर्तिकला अरेछ- सानोकान्छा- ए बा ए बा ब्या गर्देउ मलाई काम गर्नलाई दुख भो आमालाई कल गरेर हुन्न जुहारी हुन्न जुहारी, यो घरमा खाँचो छ कान्छि बुहारी बा- टाउको खायो यो कान्छो मोराले सधैँ भरि बिहेकै कुराले कल गरेर हुन्न जुहारी हुन्न जुहारी, यो भो हाम्लाई चाइँदैन कान्छि बुहारी सानोकान्छा- बिहे गर्दे यै गाउँमा बस्छु म नत्र भने लाहुर पस्छु म कल गरेर हुन्न जुहारी हुन्न जुहारी, यो घरमा खाँचो छ कान्छि बुहारी बा- थाछ मलाई दुख छ तँलाई एकपटक सोध्छु म आमालाई कल गरेर हुन्न जुहारी हुन्न जुहारी, यो भो हाम्लाई चाइँदैन कान्छि बुहारी आमा- बाउ छोरा नि के खेल्छौ जुहारी भो भो अइले चाइँदैन बुहारी कल गरेर हुन्न जुहारी हुन्न जुहारी, यो भो हाम्लाई चाइँदैन कान्छि बुहारी सानोकान्छा- साथि भाईको घरबार भैसक्यो बिहे गर्नि उमेर नि गैसक्यो कल गरेर हुन्न जुहारी हुन्न जुहारी, यो घरमा खाँचो छ कान्छि बुहारी
Read Full Discussion Thread for this article