Posted by: rhishi May 2, 2006
लोकतान्त्रिक कविता !
Login in to Rate this Post:     0       ?        
सृष्टिज्यु , निकुञ्‍जज्यु, गौतमज्यु, आरडेन्टज्यु, नेपालीठिटोज्यु, तथा दादा धन्यवाद सबैजनालाई कविता मुन पराइदिनुभाकोमा ! सृष्टिज्युको शब्द बृष्टिले मेरो कवि मनलाई झन्कृत बनायो अनि निकुञ्‍जज्यु पनि यो स्यानो लोकतान्त्रिक कुञ्‍जमा आइदिनुभएर लोकतन्त्रको बोली अझ गुञ्जाम्न मद्धत गर्नुभएकोमा धन्यवाद । गौतमज्यु हजुरका कविता हरुको एउटा पंखा त म पनि हो है । नेपाली ठिटो तपाईँको हौसला पनि एउटा कारण हो मेरो कलम चल्नमा ॥ आरडेन्टज्यु हजुरको नाम जस्तो कुरो पनि तेस्तै रैछ ।यति धेरै लोयाल नबनम न, कति हतारो रिसु बनाम्न ॥ सुबेश रिसार बम भा'छ, सात पार्टि रिसा'जस्तै ; उसको नाम पछाडी भो भनेर । अब उसको नाम अगाडी राखेर 'सुरी' बनाम्न त भएन नि हगि नत्र यो कुञ्जमा बिरालाहरु आउलान्‌ । फेरी सुबेश बिजी रे खै के जाति कथा लेख्दैछु भन्थ्यो, दादाले भनेको रे ॥ तेसैले सुबेशजी सँग कुरो मिलेन अत: ऋषी र सुबेशलाई संयोजन नगर्ने ॥ दादा ! तेत्रा बिधी मुन्छेहरु मेरै कविता सुन्न आ'हुन् त ॥ मेरी बास्सै म त सक्दिन सुनाम्न । भिंड देखेछि पसिना आम्छ हो ! पिता पुत्र सम्बादलाई पूर्ण बनार टाँसेको छु । पैलेको अलि अपूर्ण भा जस्तो लाग्यो केरे ॥ पिता-पुत्र सम्बाद ॥॥ अग्ला अग्ला साँधका खोपी-भित्र सिंची घाँटी ह्विस्किले पत्र -पत्र आँखा राता, ओठ - तालू सुकाई काने- खुसी पुत्र - पिताको हाई ! “रैती सारा आज जागेको हेर” फुट्यो बोली पिताको मन् ‌अधीर “थाम्नै गार्‍हो आज भो यो मलाई गद्दी घाँडो दाइको रैछ हाई ! ब्यर्थै नाना पर्व - काण्डै रचेर सीधा - सादा भारदारै सकेर हाँक्ने स्वप्ना देश यो राज गर्दै तिम्रो मेरो तुरियो आज चट्टै ! इच्छा सारा लोकको स्वामी बन्ने- लुट्दै फेरी देश यो मोज गर्ने- वैल्यो । हाई ! फुल्नु भन्दा अगाडी जन्ता जाग्दा चेतना दीप बाली ॥ आँधी आयो एक ठूलो बिशाल चिथ्रा पार्‍यो आज सम्पूर्ण जाल बुन्थ्यौं हामी एक भै आफ्ना निम्ति गम्थ्यौं ब्यर्थै बिष्णुको रूप सम्झी ॥ भैगो धेरै गर्नु के लौ बिलौना ? जन्तालाई ब्यर्थ सम्झ्यौं खेलौना पैले हाई ! किन आएन सुद्दि !! उल्टो हुँदा नास्सिंने बेला बुद्धि” ॥ बाङ्गो मुन्‍टो नेत्रमा आँशु टम्म ह्विस्की लागी चाल झन्‌ झम्म-झम्म ! लाली उड्यो, चेहरा खिन्न - बुङ्ग बिझ्यो काँडो पुत्रको मुटु सन्न ॥ गाँजा भर्दै हातले, सर्को तानी “आशा सारा रल्लिए हिम – रानी” बोल्यो घोक्रे स्वरमा धुन्ध - कारी रूञ्चे बोली ! मुख बिकृत पारी ॥ थाम्नै गार्‍हो ! लौ न ! माता हुरुक्क ! सारा खोपी आँशुले सुक्क - सुक्क ॥ झिक्दै बन्दुक् खोपीको द्वार खोली- “मार्छु सारा रैति” को बोल बोली – हिंड्नै आँट्यो धुन्ध-कारी जसै ता - छेकी बाटो पुत्रको त्यो पिता ता बोले “बाबू ! जोसमा होस राखे ! सत्ता रुपी घाँसको जाल फ्याँके ! नेता रूपी मत्स्य ती अल्झिएमा सत्ता फेरी आउला यो जुनीमा । आशा बुझ्यौ यत्ति नै ! वत्स मान ! ज्यूने मर्ने यत्ति मै ! खास जान” ॥
Read Full Discussion Thread for this article