Posted by: Kedar_Sharma May 2, 2006
Kali Prasad Rijal resigned from Rajparishad
Login in to Rate this Post:     0       ?        
यस विषयमा मैले पनि कान्तिपुरको पाठक मञ्चमा एउटा चिठी पठाएको थिएँ। तर अहिले हेर्दा नयाँ लाहुरेजी कै देखेर लेखे जत्तिकै भएछ। लाज लाज लागेको छ र पनि आफ्नो चिठी पनि यहाँ राख्‍नै मन लाग्यो। हेरिदिनु होलाः कान्तिपुर, वैशाख १९ गते लाज पचेका कवि नेपालीमा साह्रै चोटिला भनाइ अलि अमर्यादित किसिमका छन् । पत्रपत्रिकामा सामान्यतया तिनको प्रयोग गरिँदैन । तर परिस्थितिलाई सबभन्दा राम्ररी चित्रण गर्छन् भने तिनले केही छुट पाउनुपर्छ भन्ने आग्रहका साथ 'हगिसक्यो दैलो देख्यो' भन्ने अनुमति चाहन्छु । यो भनाइ लक्ष्यित छ कवि, गीतकार र आफ्नु निधारबाट राजपरिषद्को कलंक मेट्न आतुर व्यक्ति कालीप्रसाद रिजालप्रति । विचरा कालीप्रसाद ! राजपरिषद्मा अनुदार व्यक्तिको वर्चस्व रहेछ भन्ने थाहा पाउन उनले जनआन्दोलनको सफलता पर्खेका रहेछन् । अनि त उनले स्वतन्त्रता र पूर्ण प्रजातन्त्रमा आस्था राख्ने भएकाले राजिनामा गरेको अरे । उनले बाठो हुने प्रयत्न गरे, तर 'काग बाठो भएर के जाति खाएको' भन्ने उखानचाहिँ बिर्से । बुद्धिमान तामाङ, मृगेन्द्रकुमार सिंह यादव, बृजेशकुमार गुप्ताहरूले समेत संविधानसभाका पक्षमा ताली पिटिसकेको अवस्थामा यस्ता नाथे राजिनामाको कुनै अर्थ छैन भन्ने बुझिदिएको भए '...देख्नेलाई लाज' हुने थिएन । अब हाम्रो मूलदैलो फोहोर पार्ने यस्ता अरू धेरैले 'ज्या है, दैलो भन्ने नै थाहा नपाएर पो त' भन्न थाल्नेछन् । राजिनामाको लहरै आउनेछ । मरेका कुकुरलाई उपियाँले त छाड्छन् भने 'सचेत' मानवहरूले त छाड्ने नै भए नि ! - केदार शर्मा कुपन्डोल, ललितपुर
Read Full Discussion Thread for this article