Posted by: mampaka May 2, 2006
लोकमान सिंह कार्की
Login in to Rate this Post:     0       ?        
१०. बाबुको सालिकको बारम्बार अनादर हुनथालेपछि तपाईंले बाबुलाई राष्ट्रिय विभूति बनाउने कसरत थाल्नुभयो । यही प्रयासकै फलस्वरूप तपाईंबाट मुलुकप्रति अक्षम्य ज्यादती हुनपुगेको छ । ०६२ असोज ८ गतेका दिन तपाईंले पिता भूपालमानसिंह कार्कीको चित्र अंकित हुलाक टिकट प्रकाशन गरेर दुनियाँलाई चकितमात्र होइन, नेपाली हुलाक टिकटको गौरवशाली परम्परा नै धुमिल तुल्याइदिनुभएको छ । तपाईंलाई थाहा हुनुपर्ने हो— हुलाक टिकटमा तस्वीर छापिनु भनेको राष्ट्रले दिने सर्वोच्च सम्मान हो । यो तपाईंकै सिफारिसमा वर्षमा २/४ क्वीन्टल बाँडिने गोदवाजस्तो मूल्यहीन चिज होइन । भारतमा 'भारत-रत्न' र 'पद्मश्री'बाट विभूषित महापुरुषहरूका समेत टिकट हत्तपत्त निस्कँदैन । सन् २००५ को फिलाटेलिक कार्यक्रममा बुद्ध र भृकुटीको मात्र टिकट निकाल्ने कार्यक्रम रहेकोमा तपाईंले सञ्चार मन्त्रालयको सचिव पदको दुरुपयोग गरी भृकुटीको नाम काटी त्यसको सट्टामा पिताको नाम घुसाउनुभएको छ । के तपाईंका पिता नेपालीका लागि बुद्धसरह र भृकुटीभन्दा विशिष्ट हुन् ? अष्ट्रियाको सरकारी छापाखानाबाट १० लाख प्रति छापिएको यो टिकटले के नेपालीको गौरव बढाउँछ ? के ०६० मा दिवंगत भएका तपाईंका पिताको श्राद्ध गर्न राष्ट्रले यत्रो रकम व्यहोर्नुपर्ने ? जुन मुलुकमा पारसमणि प्रधान, तेञ्जिङ नोर्गे शेर्पाजस्ता व्यक्तित्वको समेत अझै टिकट निस्केको छैन, तपाईंले गर्दा राष्ट्रिय व्यक्तित्व भृकुटीको त निस्कन पाएन भने तपाईंको पिता यो राष्ट्रको को हो र भृकुटीको नाम हटाई उनको टिकट निकालेर राष्ट्रकै अपमान गर्नुभयो ? के दरबारका सामान्य कारिन्दा सबैको टिकट निकाल्नैपर्छ ? यतिमात्र होइन, टिकटको फोल्डरमा उल्लेख भएका महेन्द्रसिंह, केशरसिंह, खड्गकुमारी, हस्तवीरसिंह, ज्ञानकुमारी, पृथ्वीबहादुरसिंह, महान्कुमारी, भूमा, हिरण्यकुमारी, हेमकुमारी र दुर्गाकुमारीदेवी कार्की नामका व्यक्तिको राष्ट्रमा के पहिचान छ र उनीहरूको प्रचारका लागि राष्ट्रिय ढुकुटी रित्याइयो ? नेपाल बार एसोसियसनको स्वर्ण जयन्तीजस्तो महत्त्वपूर्ण अवसरमा समेत संस्मरणात्मक हुलाक टिकट निकाल्न सम्बन्धित पक्षले कुनै चासो नदेखाइएको अवस्थामा यो टिकट निकाल्न किन यत्तिको सक्रियता देखाइयो ? यो त खोजीको विषय छ नै, तैपनि यत्तिका दिनपछि आएर भए पनि तपाईंका केही कुकृत्यबारे चर्चा गर्ने अवसर मिलेकोमा आफूलाई धन्य ठानेको छु । तपाईंमा पनि सामान्य नैतिकता शेष छ भने यो रकम तुरुन्त राष्ट्रिय ढुकुटीमा दाखिला गरी पदबाट राजिनामा दिनुहुनेछ । भवदीय - खडानन्द ढकाल प्रमुख केन्द्रीय धनादेश कार्यालय उर्फ प्रतीक ढकाल लेखक, हिमालपारि पुगेपछि
Read Full Discussion Thread for this article