Posted by: thopa May 1, 2006
SPA fails to announce cabinet
Login in to Rate this Post:     0       ?        
नेकपा एमालेले सातदलीय गठबन्धन भित्र मन्त्री परिषदको शपथ ग्रहण स्थलकाबारेमा नीतिगत मतभेद उत्पन्न भएको जनाएको छ। एमालेका एकजना बरिष्ठ नेता इश्वर पोखरेलका अनुसार मन्त्रीहरूको शपथ ग्रहण सिंहदरबारको सट्टा राजदरबार भित्रै गर्ने कुरा उठेपछि एमालेले त्यसप्रत‌ि आपत्ती प्रकट गरेको छ। तर नेपाली कांग्रेसले अन्य दलहरूबाट मन्त्रीहरूको नाम प्रधानमन्त्री समक्ष आइनसकेकोले मन्त्री मण्डलको घोषणामा ढिलाई भएको जनाएको छ। आइतवार प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगञ्ज स्थित निवासमा सोमवार सातदलका शिर्षस्थ नेताहरूको बैठक बसेको थियो। सो बैठकमा साँझ सम्ममा सानो मन्त्रीपरिषदको घोषणा गर्न सहमति भएको सहभागी दलका नेताहरूले बताएका थिए। तर साँझसम्म पनि मन्त्रीपरिषदको घोषणा नभएपछि त्यसबारे जिज्ञासा राख्‍दा नेपाली कांग्रेसका एकजना प्रभावशाली नेताले अन्य दलहरूबाट मन्त्रीहरूको नाम आइनसकेको बताए। सो जिज्ञासाको जवाफमा नेकपा एमालेको स्थायी समितिका एकजना सदस्य इश्वर पोखरेलले मन्त्रीहरूले दरबारमा गएर शपथ लिनु हुन्न भन्ने आन्दोलनकारी सातदलको प्रतिबद्धता रहेको बताउनुभयो। मन्त्रालयको बाँडफाँडकाबारेमा ठूला दलहरूबीच सहमति हुन नसकेकोले मन्त्रीपरिषदको गठनमा ढिलाई भएको केही सूत्रहरूको भनाइ छ। केही अन्य सूत्रहरूले चाहीं दलहरू भित्रै मन्त्रीपरिषदमा क-कस्लाई पठाउने भन्नेबारेमा सहमति हुन नसक्दा यो विलम्ब भएको जनाएका छन्। तर एमालेका निकटका सूत्रहरूले नीतिगत मुद्दाहरूमा सहमति भएपनि सातदलबीचको प्रतिबद्धतालाई आचरणमा परिणत गर्नेकार्यमा अबरोध आइपरेको संकेत गरेका छन्। प्रधानमन्त्री कोइरालाले पदको शपथ राजदरबारमा गर्नुभएको भएपनि अरू मन्त्रीहरूको शपथ सिंहदरबारमा गर्नेबारेमा यसअघि निकै चर्चा चलेको थियो। bbc
Read Full Discussion Thread for this article