Posted by: mampaka April 30, 2006
काजुकान्छो AKA Mutuwa Kanchho AKA KP Oli
Login in to Rate this Post:     0       ?        
रेडियो सगरमाथामा एक साना राजाका तिरष्कारवाणी सुन्न म अभिशप्त भएँ । तिनको नाउँ हो राजेन्द्र पाण्डे । तिनले संसदीय कर्मकाण्डको पालना गर्नुपर्दा निर्णयमा विलम्ब हुन गएको हो भनी बेतुक तर्क गरे । अनि नागरिकको चिन्तालाई गिज्याउँदै तिनले भने, 'संविधानसभा भनेपछि निःसर्त किन भन्नुपर्‍यो ?' मेरो विचारमा यो निख्खर प्रतिक्रियावादीले गर्ने प्रश्न हो । शासकहरूको जालझेल र नेताको सम्झौते मतिबाट आजित भएका मुलुकका पचास लाख नागरिक एक स्वरमा भन्दैछन्, 'खबरदार ! निःसर्त नभनिनु निरंकुश राजाका पाउमा लम्पसार पर्नुसरह हो ।' तर एमालेका यी पाण्डे यी सकल नागरिकको अभिमत कुल्चेर हामीलाई पाँडे पुराण सुनाइरहेका छन् । यो दरबारिया भाषा हो र यो अर्को अशुभ सङ्केत हो । उसो त एमालेका नवनियुक्त संसदीय नेताको अनुहारको कथा झनै भयानक अशुभको सङ्केत हो । असोज १८ यता यी महान् मनिषी आन्दोलनको पक्षमा कहिल्यै उभिएनन् । पहिले शाही देउवा सरकारमा भित्रिन मरिहत्ते गर्नु र पछि तुलसी गिरीको दर्शन गर्न धाउनु यिनको पि्रय धन्दा थियो । माधव नेपाल जब खोरमा कहर काट्दै थिए, दरबारको अभयदान पाएका यी पात्र आन्दोलनबारे अनर्गल प्रलाप गरिरहेका थिए । वामदेव गौतम जब ज्यान हत्केलामा राखेर १२ बँुदे समझदारीको जग बसाल्न रोल्पा र दिल्लीतिर कुद्दै थिए त्यो बेला यी महासय कुन गुप्त खोपीमा लुकेर के गर्दै थिए ? सडकमा नागरिक चुटिँदा र ढालिँदाको क्षणमा यी विलासवीर रिपोर्टर्स क्लबमा पाउकष्ट गरी टेलिभिजनमा हामीलाई दिव्य दर्शन दिँदै थिए । आन्दोलनलाई विचारले ऊर्जा दिने ल्याकत त यिनको थिएन नै, यिनले खुट्टाले पनि दिएनन् । अनि अहिले जनविरोधी यी महापुरुषलाई आन्दोनकारीका शिरमा थोपरिएको छ । मानौँ दलभित्रका साना राजाका नजरमा नागरिक तिनका मूक प्रजा हुन् । एमालेको यो चयन सहिदको रगतको जानाजन अपमान हो । र यो नागरिकका मुक्तिका सपनामाथिको बज्र-प्रहार पनि हो । प्रवृत्तिगत दृष्टिले शैलजा आचार्य, तारानाथ रानाभाट र काजुकान्छो एकै ड्याङका त्रिमूर्ति हुन् । कांग्रेसले भाटलाई पदबाट लखेटेर सुसंस्कृतिको थालनी गरेको छ । तर असल कामको सिको नगर्न हठ गर्ने एमालेले कांग्रेसका भाटजस्तै आपmना भाटलाई नेता चुनेर फेरि पनि कुसंस्कृतिकै थालनी गरेको छ । म त भन्छु, म गणतन्त्र उन्मुख छु भन्न रुचाउने एमालेको यो राजतन्त्र उन्मुख कृत्य हो । काम गर्ने कालु, मकै खाने भालु ! source: http://kantipuronline.com/kolnepalinews.php?&nid=72389
Read Full Discussion Thread for this article