Posted by: gaalab April 30, 2006
this is much for MANDALE
Login in to Rate this Post:     0       ?        
I saw this article in Kantipur. I am sure many of you guys were also wondering who this person is... Good news is that he is alive. A living martyr... उनी यी हुन् माधव ढुंगेल काठमाडौं, वैशाख १६ - 'को होला ऊ ?' देशका सहरहरूका भित्तामा रगतपिच्छे युवकको तस्बिरसहित पोस्टरमा यो प्रश्न सोधिएको छ । जनआन्दोलनमा वैशाख ७ गते कलंकीमा प्रहरीले चलाएको गोली लागेर ढलेका युवकको यो तस्बिर धेरै राष्ट्रिय स्तरका सञ्चारमाध्यममा प्रकाशन/ प्रसारण भए- नाम नखुलेका मृतक भनेरसमेत । पोस्टरको तस्बिर हेर्दा ती घाइते पक्कै पनि मारिए होलान् भन्ने लाग्छ । तर खुसीका साथ भन्नुपर्छ- उनी जीवित छन् । स्वस्थ हुँदै छन्- धादिङ महादेवबेसी स्थायी घर भएका ती १८ वषर्ीय शिव बिँडारी । बिँडारी थानकोटमा बस्छन् । उनी गाडीका खलासी हुन् । वैशाख ७ गते थानकोटबाट जुलुसमा हिँडेर कलंकी पुगेका उनी सर्वप्रथम पेटमा गोली लागेर ढले । त्यसमाथि प्रहरीले लाठी बर्सायो । पाखुरामा टाटु खोपेका उनको दायाँ हातमा लाठी प्रहारबाट भएका तीनवटा गहिरो घाउ निको भएको छैन । लाठीले हानेर फुटाएको टाउकोमा पट्टी बाँधिरहेका छन् । अर्धचेतका उनी मरेतुल्य भएर जमिनमा ढले । आफ्नै रगतको आहालमा डुबे । 'सपनाजस्तै भएको थियो, उठ्ने कोसिस पनि गरिनँ । फेरि हान्ला भनेर मरेजस्तै लम्पसार परें,' बिँडारी भन्छन् । मर्‍यो भनी प्रहरीले छाडेपछि आन्दोलनकारीले उनलाई उठाएर केही पर खेतमा लगे । केही बेरपछि उठेर हिँड्न लाग्दा उनी लडे । 'ब्युँझिदा त शिक्षण अस्पतालमा पो रहेछु,' उनी भन्छन् । सञ्चारमाध्यमहरूमा नाम थाहा नभएका मृतक भनी उनको तस्बिर प्रकाशित/प्रसारित भए । 'साँझ अस्पतालमै टीभीमा समाचार त हेरेको थिएँ तर आफैंलाई चिनिनछु,' बिँडारी भन्छन्- 'भोलिपल्ट बिहान दाजुलाई फोन गरें । त्यसपछि कलंकीसम्म माइक्रोबसले ल्याइदियो, त्यहाँबाट हिँडेरै डेरा आएँ ।' शिवका दाजु रविन भन्छन्- 'टीभीमा मरेको समाचारमा हेरेको भाइले अस्पतालबाट फोन गरेको भन्दा त विश्वास गर्नै गाह्रो भो ।' बिँडारीले वैशाख १२ गते कलंकीचोकमा आयोजित विजय सभामा आफ्नै फोटो छापिएको उक्त पोस्टर पनि बोकेका थिए । तर उनलाई आफू नै बेपत्ता भएको भनेर पोस्टरमा छापिएको चाहिँ दुई दिनपछि मात्र थाहा भएछ । अहिले थानकोटमा सबैले उनलाई चिन्छन् । 'बूढापाकाले यसको आयु बढ्यो भन्छन् । कतिपयले त मान्छे कि प्रेतात्मा हो भनेर पनि जिस्काउँछन्,' उनी भन्छन् । मरेको भनिएका भाइ जीवित पाएकोमा दाजु रविन खुसी छन् नै, आफू बाँचेकोमा शिव पनि कम खुसी छैनन् । भन्छन्- 'अहिले मलाई सबैले जिउँदो सहिद भन्दा भने अत्यन्त खुसी लाग्छ । Posted on: 2006-04-29 19:05:23 http://www.kantipuronline.com/kolnepalinews.php?&nid=72312
Read Full Discussion Thread for this article