Posted by: Samay90 April 29, 2006
Possible candidates in future Cabinet!!!
Login in to Rate this Post:     0       ?        
Here are possible candidates for future Cabinet... सम्भावित मन्त्रीमण्डलको नामावली चितवन डट कम वैशाख १६ काठमाडौ । मन्त्रीमण्डलको सामान्य आकारको स्वरुप वाहिर आएको छ तापनि यसले आधिकारीकता भोलीमात्र पाउने छ तापनि सम्भावित नामावलीहरु यसप्रकार तय भएको प्रधानमन्त्री कार्यलय सुत्रले जनाएको छ । नेपालीकाग्रेसवाट सहभागी हुनेहरुमा कृष्ण सिटौला, महन्त ठाकुर , चक्र प्रसाद वास्तोला, महेश आर्चाय, डा. रामशरण महत त्यस्तै गरि प्रजातान्त्रिक काग्रेसका तर्फाट गोपालमान श्रेष्ठ, पुणा वहादुर खड्का ,सम्भवत एनपी साउद र टेकवहादुर चोख्याल मध्येवाट एक, वलवहादुर केसी र विजय गछ्दारवाट एक तथा प्रजातान्त्रिक काग्रेस महिला संघकी सभापति उमा अधिकारीको पनि चर्चा छ । त्यसै गरी खड्ग ओलीले नेतृत्व गर्ने एमालेका तर्फाट प्रदीप नेपाल ,प्रदीप ज्ञवाली,राजेन्द्र पाण्डे, र उर्मीला अर्याल निश्चीत प्राय भएको छ । भने नेमकीपावाट नारायणमान विजुक्छे रोहीत ,नेपाल सद्भावनावाट हृदयेश त्रिपाठी र सयुक्त जनमोर्चाका तर्फाट लिलामणी पोखरेल सहभागी हुने पक्का पक्की भएको छ । त्यसै गरी नागरिक समाजको तर्फाट पूव न्यायमूर्ती लक्ष्मण अर्यालवाट कानून तथा न्यायमन्त्रीमा सपथ लिने पनि सो श्रोतले जानकारी दिएको छ । तर नागरिक समाजको तर्फाट सम्भवत कृष्ण पहाडीलाई समेत समावेश गरिने अड्कल लगाइए पनि कृष्णपहाडीलाई त्यो जिम्मेवारी दिन नेकपा एमालेले कडा आपत्ति जनाएको छ भने एमालेले कनकमणी दिक्षीतलाई अगाडि सारे पनि यो मन्त्रीमण्डल निर्विवाद रुपमा गठन हुने विश्वास लिइएको छ । थप समाचार प्रतिक्षा गर्नुहोला ।। चितवन डट कम अपडेट हुदैछ । साथीलाई पनि खवर गर्नुहोला ।
Read Full Discussion Thread for this article