Posted by: gaalab April 28, 2006
CA proposed
Login in to Rate this Post:     0       ?        
संविधान सभामा जाने प्रस्ताव संसदमा प्रस्तुत (Breaking News) पुनर्स्थापित संसदको पहिलो बैठकमा संविधान सभामा जाने प्रस्ताव प्रस्तुत भएको छ। प्रस्तावक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला रहनुभएको छ भने समर्थक सातै दलका संसदीय दलका नेता रहेका छन्। कोइराला उपस्थित नहुनुभएकोले प्रस्ताव उपसभामुख चित्रलेखा यादवले पढ्नु भएको थियो। उक्त जरुरी महत्त्वको सार्वजनिक प्रस्तावमाथि आइतबार छलफल हुने समय बैठकको अध्यक्षता गरिरहनुभएका चित्रलेखा यादवले गर्दै संसदको बैठक आइतबार ४ बजेसम्मका लागि स्थगित गर्नुभएको छ। निर्धारित समयभन्दा ढिला सुरु भएको बैठकमा राजदरबारबाट पठाइएका विभिन्न पत्रहरु र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका पत्र पनि पढेर सुनाइएको थियो। राजदरबारबाट प्राप्त एउटा पत्रमा प्रधानमन्त्रीको नियुक्ति संविधानको धारा ३६ (१) अनुसार भनिएकोमा त्यसलाई सच्याएर नेपाल अधिराज्यको संविधान २०४७ अनुसार भनी मात्र लेखिएको थियो।(530 pm NST) src: http://www.parewa.com/newsview.php?id=1912
Read Full Discussion Thread for this article