Posted by: gazzab April 28, 2006
****शान्ति****
Login in to Rate this Post:     0       ?        
शान्ति धेरै भयो देखेको छैन कस्तो अचम्म तैपनि आशामा भौतारी रहेको छु अहिले सम्म। याद् आयो ,अ याद् आयो! हाम्रो जम्काभेट् भाको मार्टीन् लुथर ले सपना देखे ताकाको उनको सपना उनको चिहन् सङै टुट्यो त्यसै दिन् देखि हाम्रो साथ् छुट्यो। धेरै भयो देखेको छैन कस्तो अचम्म तैपनि आशामा भौतारी रहेको छु अहिले सम्म। अस्ती जस्तो मात्र लाग्छ हामी चुमेको बसन्त को पालुवा सरी हामी झुमेको हिरोशीमा को अट्टाहाश् सगै तिमी हरायौ शायद्! आणवीक अस्त्र लाई आफ्नो प्रेमी बनायौ। धेरै भयो देखेको छैन कस्तो अचम्म ! तैपनि आशामा भौतारी रहेको छु अहिले सम्म। तिमी फर्कने आशा धेरै बढयो जब शीत युद्दको अन्त्य भयो, धेरै रोए जब थाहा पाए तिमीत निश्ठुरी रहेछौ डलर खेलाउने धनीहरुको रखेल बनेछौ धेरै भयो देखेको छैन कस्तो अचम्म ! तैपनि आशामा भौतारी रहेको छु अहिले सम्म।
Read Full Discussion Thread for this article