Posted by: Devil's advocate April 27, 2006
Nepalese Army Rapes a girl; kills 6 who asked for justice
Login in to Rate this Post:     0       ?        
तीन दर्जन घाइते, केही सिकिस्त ० फौजको गोलीबाट छ र्सवसाधारणको मृत्यु विक्रम लुइंटेल/अम्बिका भण्डारी -दचश्र-दचश्र मोरङ-दचश्र-दचश्र स्थानीय एक महिलाको बलात्कारपछि हत्या गरेको भन्दै त्यसको विरोधमा उत्रिएका पर््रदर्शनकारीमाथि सुरक्षाफौजले अन्धाधुन्ध गोली प्रहार गर्दा बुधबार छ जनाको मृत्यु भएको छ भने गोली लागेर करिब तीन दर्जन घाइते भएका छन्। मंगलबार राति संयुक्त सुरक्षा बेसक्याम्पका क्याप्टेन प्रहृलाद थापाको नेतृत्वमा गस्तीमा रहेको सुरक्षाफौजको टोलीले स्थानीय २५ वषर्ीया महिला सपना गुरुङलाई शौचालय गएका बेला बलात्कारपछि हत्या गरेको भन्दै स्थानीय बासिन्दा बिहानैदेखि इलाका प्रहरी कार्यालय घेराउमा उत्रिएका थिए। -दचश्र-दचश्र दोषीलाई कारबाही गरी क्ष्ँतिपर्ूर्ति नदिएसम्म घेराउ गरिरहने भन्दै स्थानीय बासिन्दाले बिहान ८ बजेदेखि नै इलाका प्रहरी कार्यालय बेलबारीअगाडि लगातार नाराबाजी गरेका थिए। त्यस क्रममा आक्रोशित भीडले महेन्द्र राजमार्गमा अवरोध खडा गरी सवारीसाधनहरू ठप्प पारेको थियो। दिउ“सो १२ बजेतिर आक्रोशित भीडले इलाका प्रहरी कार्यालयनजिकै रहेको ट्राफिक प्रहरी पोस्टमा आगजनी गरेको थियो। निर्दोष महिला मारेको विरोधमा केही व्यक्तिले इलाका प्रहरी कार्यालयअगाडि रहेको सेन्ट्री पोस्ट र प्रहरी तथा सेनाका कपडा खोसेर जलाइदिएका थिए। झन्डै एक घण्टासम्म ४-५ हजारको भीडले प्रहरी कार्यालय गेटबाट भित्र प्रवेश गरी सुरक्षाफौजमाथि हातपात गर्ने तथा हतियार खोस्नेजस्ता क्रियाकलाप गर्न थालेपछि बाध्य भएर गोली चलाएको सुरक्षाफौजले बताएको छ। -दचश्र-दचश्र यसैबीच रक्षा मन्त्रालयले पनि बुधबार विज्ञप्तिमार्फ लोन्द्रा खोलामा ँशंकास्पद हर्कत हुने सूचना पाई जा“दा शंकास्पद हर्कत देखी गोली चलाउ“दा घाइते भएपछि उपचारका लागि अस्पताल लैजा“दै गर्दा गुरुङको बाटोमै मृत्यु भएको’ बताएको छ। तर उनी डेरा गरी बसेको घरधनी जानकी भवतीले राति नौ बजे चर्पी जा“दा गोली लागेको आवाज सुनेको बताए। मृतक महिलाका सात वषर्ीया छोरी र तीन वषर्ीय एक छोरा छन्। मृतकका श्रीमान् विदेश रोजगारीमा गएका छन्।-दचश्र-दचश्र मोरङको केराबारी-९ भलुवा घर भएकी गुरुङ बेलबारी-३ मा चिया पसल गरेर बस्ने गरेको स्थानीय बासिन्दा बताउ“छन्। घटनाको निन्दा गर्दै नेकपा -एमाले) मोरङले दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। गस्ती टोलीको नेतृत्व गर्ने थापाले गुरुङलाई बलात्कार गरेको इन्कार गर्दै माओवादीको आशंकामा गोली चलाएको बताएका छन्। स्थानीय बसिन्दाहरूले बिहीबार पूरै सुरक्षा बेसक्याम्प घर्ेर्ने कार्यक्रम तय गरेका छन्। -दचश्र-दचश्र भीड नियन्त्रण गर्न नसकेपछि सेना र प्रहरीले कुनै चेतावनी नदिई गोली हान्न शुरू गरेका थिए। बिहानैदेखि बेलबारीमा तनाव भएकाले भिडन्त हुनुअगावै भेला भएका पत्रकार र मानवअधिकारकर्मीले घाइतेको उद्धार गरेका थिए। तीन जनाको अवस्था चिन्ताजनक छ। घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। भाग्ने क्रममा केही मानवअधिकारवादी, पत्रकार र र्सवसाधारण गरी ५० जनाभन्दा बढी सामान्य घाइते भएका छन्। केही मानिस हराइरहेकाले मारिएकाको संख्या अझै बढ्ने अनुमान गरिएको छ। -दचश्र-दचश्र नियन्त्रण गर्न सकिने सामान्य अवस्था हु“दाहु“दै गोली हानिएको अनौपचारिक क्षेत्र सेवा केन्द्र -इन्सेक) पर्ूवाञ्चल संयोजक सोमराज थापाले बताउनुभयो। घटनालगत्तै मोरङका प्रमुख जिल्ला अधिकारी नरेन्द्र दाहाललगायत डीआईजीसमेतले घटनास्थल निरीक्षण गर्नुभयो। बिहानैदेखि माइकिङ गर्दै माओवादीको घुसपैठ भएको दाबी सुरक्षाफौजले गरेको छ। बुधबार बिहानै माओवादीले कानेपोखरी जंगलमा रूख ढाली सडक अवरुद्ध पारेका थिए। त्यस्तै मंगलबार दिउ“सो बेलबारीबाट तीन किलोमिटर पश्चिम विराटचोकमा हजारौं माओवादीले छापामार मार्चपास मरेका थिए। बुधबारको घटनापछि बेलबारीमा सुरक्षा र्सतर्कता बढाइएको छ। Source:www.newsofnepal.com Confusion was in the air.The inevitable happpened.
Read Full Discussion Thread for this article