Posted by: dumer_bhansar April 27, 2006
Wagle, Khadka, Joshi to be suspended!!!
Login in to Rate this Post:     0       ?        
It is great news for Nepali. Lets hope, these corrupt will not come back again! And hope it will be a lesson for all!! http://www.newsofnepal.com/ffstory.asp?sn=2 वाग्ले, खड्का र जोशी स्वतः निलम्बनमा विकास भट्टर्राई, काठमाडौं-दचश्र-दचश्र प्रतिनिधिसभा पुनर्स्थापना भए पनि भ्रष्टाचारको अभियोग लागेका चार पर्ूवमन्त्रीले भने संसद्को कुनै पनि क्रियाकलापमा भाग लिन नसक्ने गरी कानुनबमोजिम स्वतः निलम्बनमा पर्ने देखिएको छ। पर्ूवमन्त्रीहरू चिरञ्जीवी वाग्ले, खुमबहादुर खड्का, गोविन्दराज जोशी र जयप्रकाशप्रसाद गुप्तालाई पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोग लागेकाले उनीहरू कानुनबमोजिम स्वतः निलम्बनमा पर्ने भएका हुन्।-दचश्र-दचश्र पर्ूवमन्त्रीहरू खड्का, जोशी र गुप्ताविरुद्धका भ्रष्टाचारका मुद्दा विशेष अदालतमा विचाराधीन अवस्थामा छन्। विशेष अदालतले पर्ूवमन्त्री वाग्लेलाई भने भ्रष्टाचारी ठहर गरेर बिगो असुलउपर गरी सोहीबमोजिम जरिवाना गर्ने फैसला गरिसकेको छ। विशेष अदालतले गरेको सो फैसलाविरुद्ध पर्ूवमन्त्री वाग्लेले सर्वोच्च अदालतमा दिएको पुनरावेदनको निवेदन हाल विचाराधीन अवस्थामा छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ मा र्सार्वजनिक पद धारण गरेका कुनै पनि व्यक्तिलाई अख्तियारले थुनामा राखेमा त्यसरी थुनामा राखेको अवधिभर र मुद्दा चलाएकोमा सो मुद्दाको किनारा नभएसम्मको अवधिमा त्यस्तो व्यक्ति पदबाट स्वतः निलम्बन हुने उल्लेख छ। -दचश्र-दचश्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिनिधिसभा विघटन भइसकेपछि पर्ूवमन्त्रीहरू वाग्ले, खड्का, जोशी र गुप्ताविरुद्ध विभिन्न मितिमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। सर्वोच्च अदालतका पर्ूवरजिस्ट्रार तथा अधिवक्ता श्रीप्रसाद पण्डित सर्वोच्च र विशेष अदालतमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेकाले कानुनबमोजिम उनीहरू स्वतः निलम्बन पर्ने बताउनुहुन्छ। पर्ूवमन्त्री वाग्लेलाई अकुत सम्पत्ति कमाई भ्रष्टाचार गरेको ठहर गरी २ वर्षकैद गरी ३ करोडभन्दा बढी रकम र त्यति नै बराबरको जरिवाना गर्ने फैसला विशेष अदालतले गरेको थियो। -दचश्र-दचश्र त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्ूवमन्त्री खड्काले बक्राहा नदी नियन्त्रण आयोजनामा र पदको दुरुपयोग गरी ४ करोडभन्दा बढी रुपिया“ भ्रष्टाचार गरेको अभियोग लगाई मुद्दा दायर गरेको थियो। यसै गरी पर्ूवमन्त्रीहरू जोशी र गुप्ताविरुद्ध पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले क्रमशः ३ करोड ९० लाख र २ करोड ७५ लाखभन्दा बढी रकमको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।
Read Full Discussion Thread for this article