Posted by: neutral April 27, 2006
Bold Decision of SPA
Login in to Rate this Post:     0       ?        
नाटक रमाईलो लाग्यो । गाँठि कुरो के हो भने नेपालको राजनितीलाई जनभावना अनुसारको लक्षतर्फ डोर्‍याउनको लागि कुनै न कुनै विश्वसनीय दबावको खाँचो छ । राजनैतिक उद्देश्यको खातिर सडक तताउने जनताको उर्जा अब विस्तारै क्षीण हुँदै जानेछ । अनि फेरी देशी विदेशी तत्वहरु सल्बलाउन थाल्नेछन् । जस्तो कि, तलको समाचार अंश हेरौं त, "एपी समाचार स्रोतका अनुसार अमेरिकाले नेपाललाई माघ १९ पछि रोक्का भएको सैन्य सहायता तत्काल सुचारु गर्नसमेत सोचाइ बनाइरहेको छ ।" श्रोत:आजको कान्तिपुर हेरौं त, अमेरीकनहरुलाई नेपालको रक्तपात जारी राख्ने षडयन्त्रको तानाबाना बुन्न कति हतार भएको ! धिक्कार छ तिमीहरुको विवेकलाई ! भष्मासुर म्लेक्षहरु, येशुले तिमीहरुलाई सत् वुध्दि दिउन् । यस्तो यथार्थलाई विचार गर्दा माओबादीहरुको दवाब दिने निती मुलुकको वृहतर हितका खातिर त्यति अर्घल्याइँ नहोला की ? Neutral --------------------
Read Full Discussion Thread for this article