Posted by: gaalab April 26, 2006
News from Pokhara
Login in to Rate this Post:     0       ?        
ज्वाला, डरलाग्दो भीर भनेको भालु पहाडनै हो क्यार! नौडाडा पुग्ने बेलाको त्यो कहालीलाग्दो ठाम्। जिन्दगीमा धेरै थोक गरियो, यो सायर लेख्ने काम चाहिं गरिएन। सायरी मन परेर यो नाम राख्या हैन। गौतमजी, कि इञ्जिनियरिङ् कलेजतिर हो? म शुरुमा पोखरा जाँदा त्यो दीपको चौतारोदेखि लामाचौर चोकसम्म पुग्दासम्मको घरको संख्या औंलामा गन्न सकिन्थ्यो। त्यसको १० वर्ष पछि त बा-बा, सडकका दुवैतिर घरैघर। कस्तो डरलाग्दो घारी र बगर भएका ठाममा त पुरै बस्ती बसेछ। झन अहिले कस्तो भो होला? बगर-लामाचौरको सडक, तत्कालीन युवराज दीपेन्द्र आउँदा मात्र मर्मत हुन्थ्यो। कति ठुला खाल्डाहरुभने सिटीबस पनि जान डराउने। कहिले कहिले त मरिन्छ क्यारे जस्तो बनाउँथ्यो। अहिले त दामी पिच छ रे। सररर ड्राइभिङ् गर्न मज्जा आउँछ रे।
Read Full Discussion Thread for this article