← Back to Kurakani

Bold Decision of SPA

Original Post

Bold Decision of SPA हा हा हा हा …… नेपथ्यबाट यौटा आबाज आयो : "तुरुन्तै संबिधान सभाको निर्बाचनको घोषणा गरेस नत्र…  ! …" हाम्रा देशका महान नेता र भावी प्र. म. ले "त्वं शरणम्" गर्दै तुरुन्तै बिन्ति बिसाए " ख्वामित ! हजुरकै ईसारा मै त सबै कुरा गर्दै छु नि …" उताबाट फेरि commanding voice मा आबाज आयो "… संसदको पहिलो बैठकमै राखेस नि फेरि…" । यताबाट नरम गिडगिडाहट निस्क्यो " श्री ६ सरकार ! हजुरले भन्नु भन्दा पहिले नै सेवकहरुले यो "हाम्रै माग हो" भनेर घोषणा गरि सकेका छौ ……, आदेस आउनु पूर्ब नै बोलेकोमा क्षमा पाँउ ……" "…अनि के हो ? , पछाडी त अझै 'लोकतन्त्र जिन्दाबाद' भनेको जस्तो सुनिन्छ नि… " नेपथ्य बाट पून नोकर हप्काई आयो । "हैन मार्ग दर्शक! …हैन मालिक!!, 'गणतन्त्र जिन्दाबाद' नै भन्दैछन, फोनमा आबाज राम्रो नआएको होला " "२-३ महिना यत्तिक्कै दूर-निर्देशन कै भरमा चलाउन सक्छौ हैन त ?" उताबाट शंका मिस्रित प्रश्न आयो । " हजुर नआउन्जेल जेन तेन धानिहाल्छु नि … । राम जंगल जांदा भरतले खडाउकै भरमा त चलाएका थिए … अहिले त फोन, मोबाईल सबै छ … छलफल नगरेको बिषयमा बोल्न परिआएमा सेवकले हजुरमा जाहेर गरिहाल्छ नी …" फोन राखेर नेताजिले कोठामा बसेका बाँकि ६ जनालाई हेर्दै भने " मालिकलाई छिट्टै यता ल्याउने प्रबन्ध गरौं है … यो का‍. मु. चलाउनु भन्दा सेवामा समर्पित भै कारिन्दा को काम गरौं … सजिलो पनि हुन्छ, धर्म पनि! " "हस !" सबैले एकै चोटि सहमति जनाए । मिटिङ सक्कियो र नेताहरुले बाहिर गई पत्रकारहरुलाई बैठकको निर्णय सुनाए : " हामिले आज जनताको माग अनुशार निक्कै Bold Decision लिएका छौं ……, संसदको पहिलो बैठकमै संबिधान सभाको कुरा उठाउँने छौं "

Nepali Janta
Apr 26, 2006 11:09 PM · 12,036 views
9 Replies
क्रान्तिको ज्वाला Apr 26, 2006 11:29 PM
natak ramro cha
SHIV Apr 26, 2006 11:31 PM
Just talked with folks at home and they have also expressed the same feeling.
le chef du nuit Apr 26, 2006 11:43 PM
. when a great ruler does something, the people will say "we did it" -simplified, from the tao te ching now im not saying that SPA and the maoists are great leaders but the way they orchastrated this mass movement was breathtaking in the heat of the moment, in the giddiness, i too thought that this was a spontaneous people's movement. but sit back and analyze the facts and we realize that what the spa-maoist alliance did was plant the germs of this tree, and then basically sat back and watched it take a life of its own the people who joined the throngs didnt do it for the alliance, they did it for themselves, their freedoms, and peace and stability. but who called the strikes and protests in the first place? now, it may be the case that once the movement was started, it spun out of control of the ones who wanted to lead it, but cmon, lets sit back and analyze this whole thing what were the points of the spa-maoist alliance? isnt the mass of humanity demanding exactly the same thing that the alliance had agreed upon in the first place? today, it seems like the people want the alliance to do what the alliance had wanted done the fact is, these folk might not be visionaries in terms of development of the nation, but they understand the process of revolution
Nepali Janta Apr 27, 2006 12:59 AM
Yes kranti ko jwala it is Natak but it is "satya Ghatana ma Aadhatrit Natak" some more episodes are coming soon. Nepali Janta
neutral Apr 27, 2006 1:37 AM
नाटक रमाईलो लाग्यो । गाँठि कुरो के हो भने नेपालको राजनितीलाई जनभावना अनुसारको लक्षतर्फ डोर्‍याउनको लागि कुनै न कुनै विश्वसनीय दबावको खाँचो छ । राजनैतिक उद्देश्यको खातिर सडक तताउने जनताको उर्जा अब विस्तारै क्षीण हुँदै जानेछ । अनि फेरी देशी विदेशी तत्वहरु सल्बलाउन थाल्नेछन् । जस्तो कि, तलको समाचार अंश हेरौं त, "एपी समाचार स्रोतका अनुसार अमेरिकाले नेपाललाई माघ १९ पछि रोक्का भएको सैन्य सहायता तत्काल सुचारु गर्नसमेत सोचाइ बनाइरहेको छ ।" श्रोत:आजको कान्तिपुर हेरौं त, अमेरीकनहरुलाई नेपालको रक्तपात जारी राख्ने षडयन्त्रको तानाबाना बुन्न कति हतार भएको ! धिक्कार छ तिमीहरुको विवेकलाई ! भष्मासुर म्लेक्षहरु, येशुले तिमीहरुलाई सत् वुध्दि दिउन् । यस्तो यथार्थलाई विचार गर्दा माओबादीहरुको दवाब दिने निती मुलुकको वृहतर हितका खातिर त्यति अर्घल्याइँ नहोला की ? Neutral --------------------
sarbasadharan Apr 27, 2006 2:07 AM
एक दमै राम्रो नाटक शायद सत्य पनि । सर्बसाधारणले खोजेको शान्ति, अहिम्सा र बिकास । माओवादीको रेकर्ड अहिले सम्म बिश्वासिलो छैन । मारकाट,तोडफोड्,बिस्फोटी सुरुङ तत्काल बन्द हुनुपर्‍यो । आफुले भने अनुसार भएन भने सफाया को धम्की दिइ जबर्जस्ती पेल्ने काम तुरुन्तै बन्द होस् । नेपालीले नेपालीलाई मार्नु भएन । गरिब्को लगि भएको क्रान्ति ले धेरै गरिब् निमुखा नै मरे। अब त सुन्दर शान्त नेपाल हुन्छ कि?
SHIV Apr 27, 2006 2:23 AM
What I hear from back home is maobadis are calling ALL the shots. God save Nepal.
samir28 Apr 27, 2006 2:51 AM
Maos should not come. what we want is Loktantra not maotantra. if maos overtake, then anti mao loktantrik revolutionary army will form and i'll definitely join it. i'm sure that many from current RNA will also join. We can then drive Nepal towards a new kind of civil war and destruction, till indian army intervenes to resolve 'humanitarian' crisis and takes over Nepal. If the Maos try for a Mao ganatantra, then I'll be waiting for that day when Nepal becomes a part of loktantrik Bharat.
Nepali Janta Apr 27, 2006 11:51 PM
New Episode ( also avialabel in new thread)
Login to join the conversation.

You might be interested in...

Latest Kurakani View all
Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant