Posted by: gaalab April 26, 2006
News from Pokhara
Login in to Rate this Post:     0       ?        
ए पारु नानी, त्यो पोखरासिटी डट कमको साइटमा गएर हिजो समाचार सुनेको त,३-४ दिन अघिको समाचार पो दिन्छ त! यसो लाइभ-साइभ सुन्ने ठाउँ छैन भन्या? बाफ्रे, पोखरामा पाइला नटेकेको पनि ६ वर्ष पुरा भइसकेछ। कस्तो भयो होला त्यो ठाउँ? बिहान उठ्ने बित्तिकै चाही-नचाही माछापुछ्रे देखिन्थ्यो। अहिले त कस्तो न्यास्रो लाग्ने भन्या! अहिले पो महसुस भइरहेछ नीलो आकासको पृष्टभूमिमा सेतो माछापुच्छ्रे हिमाल देख्नु भनेको कति प्रेरणादायी रहेछ मेरो लागि भनेर। म पनि गौतमजी जस्तै आधा पोख्रेली हो। १० हिउँदजति काटियो त्यो ठाउँमा!!
Read Full Discussion Thread for this article