Posted by: Nepe April 26, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
लालीगुँरास, यो जनआन्दोलन क्रान्तिमा संक्रमण नभए पनि, यो एक भौतिक युद्ध भन्दा वैचारिक युद्ध भएकोले यसले एक क्रान्तिकारी जनादेश भने दिएर गएको छ । अब यो जनादेशको पालना हुन्छ कि हुदैन भन्ने मात्र प्रश्न हो । दलहरुले यो जनादेशलाई 'सम्विधान सभा' मा रुजु गर्ने हिसाबले अघि बढ्छन् कि मुठार्ने हिसाबले, त्यो नै अबको मूल राजनैतिक द्वन्द हो । गिरिजा पाङ्ती मुठार्ने समुहको प्रतिनिधी हो । बाँकी सबलाई रुजु गर्नेतिर तान्न सकिन्छ । अहिलेका आन्दोलनकारीहरुले आन्दोलन नटुङ्गिएको समझदारीमा यसलाई टुङ्ग्याएको हुनाले सम्विधान सभामा उनीहरु नै हाबी हुने विश्वास छ मलाई । 'सम्विधान सभा' को चुनावमा दलगत प्रतिस्पर्धा भन्दा गणतन्त्र भर्सेस सेरेमोनियल राजतन्त्रको प्रतिस्पर्धा बनाउन सक्नुमा नै गणतन्त्रको जीतको ग्यारेन्टी छ । सौभाग्यवश, तर यो ठ्याक्कै कोईन्सिडेन्स भने होईन, यसको एक्सप्लानेशनस् छन्, के छ भने सेरेमोनियल भन्नेहरु गणतन्त्र भन्नेहरु भन्दा धेरै भ्रष्ट र अक्षम ईमेजका छन् । त्यो बाहेक मान्छेहरुले नयाँ र ताजा अनुहार पनि चाहेका छन् । त्यसैले सम्विधान सभाको चुनावलाई बढी भन्दा बढी "निर्दलिय" स्वरुप दिनु नै गणतन्त्रवादीहरुको रणनीति हुनपर्दछ । र अहिले आन्दोलनको रक्षार्थ गिरिजाको प्रतिरक्षा गर्नुपर्छ भन्ने जुन कुरा गिरिजावादीहरुले लेराएका छन्, त्यसको पनि खण्डन हुँदै जानुपर्छ । आन्दोलनलाई उल्ट्याउन अब ज्ञानेन्द्रको बाउ आए पनि सक्दैनन् । अन्त्यमा, यो आन्दोलनलाई कतै "वसन्त क्रान्ति" र कतै "लालीगुँरास क्रान्ति" नाम दिएको सुनियो । बधाई छ, तपाईको नामले यो सौभाग्य प्राप्त गरेकोमा ।
Read Full Discussion Thread for this article