Posted by: hyperthread April 26, 2006
nepalese star!!!!!!!
Login in to Rate this Post:     0       ?        
झुमा, देउकी, तिलहरी, पृथ्वी लगायतका ४५ वटा चलचित्रमा अभिनय गरेपछि दश वर्षअघि एकाएक लोप भएकी नायिका मौसमी मल्ल अहिले एकल महिला नामक 'डकुड्रामा' लिएर देखा परेकी छिन्। मूलतः विधवा पतिबाट अलग्गिएका महिलाहरू माथि केन्द्रित एकल महिलाले नारी–शोषण र तिनका समस्याहरूलाई उजागर गर्ने प्रयास गरेको मौसमीको कथन छ। 'मौसमी मल्ल' को सट्टा पुनः 'मौसमी सेन' (पैतृक नाम–थर) बाटै चिनिन रुचाउने मौसमी हाल स्वयं पनि एकल महिलाको श्रेणीमा पर्छिन्। पूर्व श्रीमानका कारण जोडिएको 'मल्ल' थर हटाउन उनी अदालतसम्म पुगेकी थिइन्। तपाईँको आफ्नै अनुभव चाहिँ? मेरो पनि १५ वर्षमै विवाह भएको हो। आफ्नै जिन्दगी बुझन नपाई अर्काको घर जानु परेकोले धेरै पीडा महसूस गरेकी छु। श्रीमानसँग परिवारमा बस्दा र अहिले परिवार भित्रैकाले हेर्ने नजरमा आकास–पातालको फरक छ। श्रीमान् मरेर गयो भने कतिपय पीडाहरू प्रत्यक्ष देखिन्छ तर 'डिभोर्स' भएपछिका कतिपय पीडा प्रकट गर्न पनि मिल्दैन। त्यस्तो पीडा खेप्नु पर्दा 'मेरो पनि श्रीमान भइदिएको भए कसैले हेप्दैन थिए, घरबार सुखी परिवार भइदिएको भए हुन्थ्यो' जस्तो लाग्छ।
Read Full Discussion Thread for this article