Posted by: shirish April 26, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल सानो बाबु जस्तै किताप घे/क्न पाए कस्तो हुन्थ्यो आफ्नो काँधमा आफ्नै झोला बोक्न पाए कस्तो हुन्थ्यो ! भाँडा माझन, घर बर्ढार्न अल्छी लाग्या बेला,अहा सञ्चो नभा' स्वाङ पार्दै खोक्न पाए कस्तो हुन्थ्यो ! ओइलेको यो बिरुवालाई नि सानीमाले कुट्छिन क्यार , यतै कतै आमा रूख रोप्न पाए कस्तो हुन्थ्यो ! भोक लाग्दा सानो बाबु जस्तै मैले पनि अहो- भात पाकुञ्जेल बिस्कुटै त्यो टोक्न पाए कस्तो हुन्थ्यो ! मै पो टुहुरो हुँ कि मेरो रोटी हो यो टुहुरो - कहिलेकाहिँ दालमा यसलाई चोप्न पाए कस्तो हुन्थ्यो !
Read Full Discussion Thread for this article