Posted by: Nepe April 25, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
जनआन्दोलनको एजेण्डा के हो त ? जनआन्दोलनको मुखमा सातदलहरुले विभिन्न जटिल र अस्पष्ट शब्दहरु राखिदिन खोजिरहेका छन् । तर जनमत भन्ने कुरो यस्तो हो जुन कहिले पनि जटिल र अस्पष्ट शब्द बोल्दैन । "सर्वोच्च अदालतद्वारा संसद पुनर्स्थापना, सर्वदलिय सरकार, कार्यकारिणी अधिकार, संप्रभूसत्ताबारे थप स्पष्टिकरण, सम्विधान सभाको नि:शर्तता र सशर्तता" आदि ईत्यादि जनआन्दोलनका शब्द र एजेण्डा होईनन् । जनआन्दोलनको एकमात्र एजेण्डा 'राजतन्त्रको समाप्ती' हो र आन्दोलनकारीहरुले आफ्नो जिब्रोलाई सजिलो हुने गरी 'लोकतन्त्र' वा 'गणतन्त्र' शब्द प्रयोग गरेका छन् । लोकतन्त्रलाई कोहि कोहि कोठे वुद्धिजीवी र नेताहरुले अधिकार घटाईएको राजतन्त्रसहितको प्रजातन्त्रको रुपमा अर्थ्याउने कोशिस गरेका देखिन्छन् । तिनीहरुले लोकतन्त्रको नारा लगाईरहेका आन्दोलनकारीहरुलाई गएर सोधुन्- उनीहरुले राजतन्त्रको अधिकार मात्र घटाउन चाहेका हुन् कि राजतन्त्रै हटाउन चाहेका हुन् । प्रत्येक आन्दोलनकारीहरुले 'लोकतन्त्र' लाई 'लोकतान्त्रिक गणतन्त्र' को छोटो रुप अर्थात् 'गणतन्त्र' कै पर्यायवाची शब्दको रुपमा प्रयोग गरेका छन् । (नेपालको राजनैतिक डिस्कोर्समा 'लोकतन्त्र' शब्दको आगमन र शब्दार्थ क्रमविकास एउटा छुट्टै बौद्धिक व्यायाम हुनेछ । तर चालु आन्दोलनमा यसलाई 'गणतन्त्र' कै पर्यायावाची शब्दको रुपमा प्रयोग भएको कुरामा धेरै विवाद छैन ।) सारांशमा, जनआन्दोलनको माध्यमबाट नेपाली जनताले जनादेश दिईसक्यो । र त्यो जनादेश हो- लोकतान्त्रिक गणतन्त्र । 'लोकतान्त्रिक गणतन्त्र' लाई अब सबैले, खास गरेर सातदलले, जनआन्दोलनको क्रान्तिकारी जनादेशको रुपमा लिनुपर्छ । र उनीहरु यो जनादेशको वारेसको रुपमा राजासामु प्रस्तुत हुनुपर्छ । यसो नगरे जनआन्दोलन आफै अगाडि बढ्न वा अर्कै वारेस खोज्न बाध्य हुनेछ । यो नेपालको अहिलेको सडक यथार्थ हो ।
Read Full Discussion Thread for this article