Posted by: HomLal April 25, 2006
Maoists and new development!!
Login in to Rate this Post:     0       ?        
संविधान सभा, पूर्ण प्रजातन्त्र या गणतन्त्र जस्तो सुकै नारा दिए पनि अन्त्यमा गएर सरकार त आफ्नो पार्टीको बन्नु पर्‍यो नि। नत्र राजनीति गर्नु नै किन? आफू सरकारमा नआएसम्म राजा सम्वैधानिक होस कि, देश निकाला होस कि, के मतलब? के संविधान बनाएर मात्र माओवादीको उद्येश्य पूरा हुन्छ? नेपालमा शान्ति छाएर प्रचण्ड र बाबुरामले के पाउछन्? उनीहरुले कब्जा गरेका ईलाका, सम्पत्ति र हजारौ कार्यकर्ता अनि छापामारहरुको भविश्य के? फेरि दुःखको कुरो त यो विजयमा उनीहरुको हात सुन्य रह्यो। जुन आन्दोलनमा आफ्नो सकृय सहभागिता नरही खालि नैतिक समर्थन मात्र रह्यो, त्यस्तो आन्दोलनको सफलताप्रति हर्ष बढाई गर्नुको औचित्य के? तर उनीहरुलाई असैह्य हुनु पर्ने कुरा के छ भने यस्तो खाले आन्दोलनको लागि माओवादीले १० वर्षदेखि तयारी गरिरहेका हुन्। आन्दोलन भरि माओवादीका मुद्दा र नारा सुनिए। माओवादीलाई धन्यवाद - १२ बुदे सहमतिले मात्र आन्दोलनलाई यो रुप दिन सकेको हो। तर माओवादीको दुर्भाग्य आन्दोलन सफलताको श्रेय गयो ७ पार्टीलाई। त्यसैले माओवादीले आन्दोलनको परिणामलाई अस्वीकार गर्ने निष्चित थियो। पहिले पनि विश्वसनीयता गुमाई सकेका माओवादीलाई अब उनीहरुलाई जन चाहना विरुद्ध जान सजिलो छैन। उनीहरुले ब्यवधान खडा गरेमा फेरी राजा र विदेशी तत्वहरुले खेल्ने मौका पाउछन्। तर खेलमा अलिक गडबड भो जस्तो छ – माओवादीको दर्द म बुझ्छु। सात पार्टीको क्षणिक नै सही तर लोकप्रियता बढ्यो। त्यसैले माओवादीहरुले बहुदलीय प्रजातन्त्रलाई स्वीकारेर तिकडमबाजी भन्दा धैर्यको खेल खेल्नु पर्छ। नेपाली जनताको चाहना पनि गिरिजाको भन्दा प्रचण्ड र बाबुरामको सरकार नै हेर्ने ईच्छा बढी हुन सक्छ। अब नयाँ संविधान बनाएर नयाँ सरकार बनाउने तिर लागौ कमरेड हो! त्यसैमा हामी नेपाली र नेपालको भलाई छ।
Read Full Discussion Thread for this article