Posted by: Dada_Giri April 25, 2006
Revolution aborted ??
Login in to Rate this Post:     0       ?        
मेरो आफ्नो बिचार कहाँ छ भन्ने कुरालाई पर राखेर भन्नु पर्दा, नेपेजीले पनि खुट्टा कमाएको देखेर अलि नमज्जा लाग्यो। राजाले "लौ आजबाट गणतन्त्र घोषणा गरी लागु गरिबक्सेका छौँ।" भनेर घोषना गर्ला र? अब अर्को ९औँ(?) शाही सम्बोधन, जुन माओबादीको दबाबमा पर्खिएको छ। त्यो त ढिलो चाँडो हुने नै भो। यसमा "जनचाहना अनुरुप सम्बिधानको सम्सोधन या नयाँ सम्बिधानको निर्माणको अभिभारा समेत अब गठन हुने माओबादी राजनैतिक शक्तहरु समेत सम्मिलित अन्तरिम मन्त्री परिषदमा निहित हुनेछ र यसले राजकीय सत्ताको अधिकारको समेत पुनर्बिचार गर्न सक्नेछ।" सम्म भन्ला कि। शब्द शब्दमा बहस हुने बेला पो आए जस्तो छ। ०४६ मा "हिन्दु अधिराज्य"(/हिन्दू, अधिराज्य) मा बिचमा कमा राख्ने कि नराख्ने भन्ने बिबाद प-या जस्तो। सेरेमोनियल मोनार्कीमा सेफ लेन्डिगँ गर्न खोज्या भए पनि आजको बाटो नै सजिलो देख्या होला कि भन्छु। (आँफु त अझै सेरेमोनियल मोनार्कीमा हो केरे। जति लतारे नि।)
Read Full Discussion Thread for this article