Posted by: RBaral April 25, 2006
Revolution aborted ??
Login in to Rate this Post:     0       ?        
अब आयो हाम्रा नेता हरुको कुरा। यीनीहरुले पनि राम्ररी बुझ्नै पर्ने हो, सत्तामा पुगेपछि पनि उन्माद माथि नियन्त्रण राख्नु पर्दो रहेछ। जनताप्रति वफादार नहुंदा कस्तो स्थिति आइपर्दो रहेछ -- "कुर्ची पाइहाले, अब घूस र कमिशन राम्रै संग हजम गर्नु पर्छ, हिजो पन्चहरुले गरे, अब हाम्रै पालो त हो!" भन्ने मानिसकता बाट टाढानै नरहेको खण्डमा जनता नाम गरेका महाशक्ति ले कसरि बदला लिने रहेछन्। यी कारण हरुले गर्दा, उपलब्धि सानो भयो भनेर मन छोटो गर्नु भन्दा प्राप्त उपलब्धिलाइ राम्ररि परिचालन गर्नु ठीक होला जस्तो लाग्दछ। अस्तु।
Read Full Discussion Thread for this article