Posted by: Gautam B. April 25, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
बधाई त त्यति बेलै बाँडौँला जब संविधान सभाको चुनावको घोषणा होला। मन त अमिलो भएकै छ, तर हरेस खानु पर्ने स्थिति पनि छैन जस्तो लाग्छ। सात दलले यो जनआन्दोलनको आह्वान र नेतृत्व गरेका हुन् भनेर भन्ने मान्ने हो भने यो भन्दा ठूलो उपलब्धिको आशा गर्नु पनि बेकार छ। यहाँबाट हिँड्नु धेरै छ, त्यो लामो बाटोमा नेताहरुले बाटो नबिराउन् भनेर खबरदारी गरीरहनु छ, जहाँबाट जसरी सकिन्छ। गिरिजानै सही, कमसेकम पहिलो निर्णय त सर्वसम्मत गरे नेताहरुले। मलाई त यहिँबाटै सात चिरा होलान् जस्तो लागेको थियो! मेरो आशावादिताको पारो अलिकति चढेको छ यल्ले गर्दा।
Read Full Discussion Thread for this article