Posted by: tired April 25, 2006
Chautari XIV
Login in to Rate this Post:     0       ?        
खोसिदियो खान ला' थेँ डाकु आएर चोर्‌यो डाकुलाई ठिक पार्न सबै चाँजो मिलाएँ उसले ओकल्ला जस्तो भा' थ्यो मैले चुलो तताँए भरपेट खाको सपना देखेँ भुराभुरीका मनमा आश जगाएँ तर अफसोच, म ढिला रहेछु अलि धेरै विश्वास गरेछु डाकुले निकालेको निस्कँदा-ननिस्कँदै तात्तातै टपरटुईँयाले खोसेर लग्यो अब भुराभुरीलाई के भनि सम्झाउने तिनका पेट कसरी भर्ने तिनका भविष्य कसरी रँगाउने?
Read Full Discussion Thread for this article