Posted by: rhishi April 24, 2006
Revolution aborted ??
Login in to Rate this Post:     0       ?        
देशमा भएको यो परिवर्तन अग्रगामी फड्को मार्ने प्रस्थान बिन्दू बनोस् भन्ने कामना । हालै देशमा शान्तिपूर्ण आन्दोलनले लिएको बिशाल स्वरुप र महान नेपाली जनतामा जागेको लोकतान्त्रिक चेतनाको विराट स्वरुपले सामन्ती सत्ताको एउटै मात्र अवशेष कथित ज्यूँदो बिष्णुलाई उसको औकात देखाएको छ । त्यति मात्र नभै बुर्जुवा प्रजातन्त्रका पक्षपाती भनाउँदा सात-पार्टी गठबन्धन अनि उग्र-वामपंथी माओवादीहरुले पनि यस जनक्रान्तिबाट पक्कै पनि पाठ सिकेका छन् र बुझेका छन् की जनभावनाको कदर नगरेका खण्डमा यिनीहरुको अस्तित्व पनि इतिहासको पानामा मात्र सीमित हुनेछ। यिनै तथ्यहरुलाई मनन गर्दै संसदवादी दलहरु र माओवादी पनि संयुक्त भै शान्तिपूर्वक संबिधान-शभाको निर्वाचन मा जानेछन् र नया नेपालका निम्ति नया ब्यवस्था छान्न सचेत नेपालीहरुलाई नै दिनेछन् भनेर आशा गर्ने ठाउँ चैं छ। यदि तेसो नभएमा यो जीत माओवादीको मात्र हुनेछ । र क्रान्तिमा बन्दुक नै उठाउनु पर्छ भन्ने उनीहर्को दर्शन फेरी एक पल्ट हाबी हुनेछ । हेर्दै जाम भविष्यले कता डोराम्छ ।
Read Full Discussion Thread for this article